२४ आश्विन २०८१, बिहीबार
,
Latest
भारतका प्रतिष्ठित व्यवसायी रतन टाटाको निधन ‘रातोमाटोले घर पोतेपछि बल्ल दसैँ आए जस्तो लाग्छ’ खसीबोका बिक्री नभएको किसानको गुनासो बाढीपहिरोबाट सार्वजनिक यातायातमा ७३ करोडको क्षति आज आश्विन शुक्ल सप्तमी : दशैं घरसहित घरघरमा फूलपाती भित्र्याइँदै दशैंको उल्लास, देशभर कहाँ के भइरहेको छ ? (फोटो फिचर) जग्गा, आवास व्यवस्था पुनरावलोकन गर्न कार्यदल गठन गायिका विष्णु माझीको स्वरमा ‘परदेशी मेरो परदेशी’ बोलको दशैं गीत सार्वजनिक अर्थमन्त्री पौडेलद्वारा उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगका पदाधिकारीलाई नियुक्ति पत्र प्रदान गौशालास्थित धर्मशाला संरक्षण गर्न खोज्दा प्रहरीले अबरोध गरेको भन्दै मेयर बालेनको आक्रोश
तपाईं के खोज्दै हुनुहुन्छ ?

अधिकांश खेलाडी तथा खेलकर्मीले खोप लगाइसकेः राखेप



अ+ अ-

काठमाडौं । अन्तर्राष्ट्रिय एरिनामा राष्ट्रिय झण्डा बोक्ने खेलाडी यति वेला खेलकुदका प्रतियोगिता आयोजना हुन सक्दा फुर्सदिला छन् । तिनै खेलाडीले घरेलु अभ्यासबाट आफूलाई फिट राख्न प्रयास गरिरहेका छन् । केही खेलाडीले आफ्नै पहलमा खोप लगाइसकेका छन् भने केही खोप पाउने आशामा रहेका छन् । राष्ट्रिय खेलकुद परिषद (राखेप) ले समन्वय गरेर अहिले सम्म अधिकांश खेलाडी तथा खेलकर्मीले खोप लगाएको राखेपले बताएको छ । 

सरकारले अग्रपंत्तिमा कार्यरतलाई कोरोना विरुद्धको पहिलो र दोस्रो डोजको खोप उपलब्ध गराईसकेको छ । त्यसपछि वृद्धवृद्धलाई खोप दिइएको छ । विभिन्न क्षेत्र एवं संघ संस्था एवं कर्मचारीले समेत खोप लगाईसकेको छन् । राष्ट्रका गहना भनिएका खेलाडीको हकमा पनि अधिकांश खेलकुदकर्मीले राष्ट्रिय खेलकद परिषदको समन्वयमा लगाइसकेको राखेपले जनाएको छ । राखेपको समन्वयमा फुटबल, क्रिकेट, ब्याडमिन्टन गरी कुल २३ खेलका ७ सय भन्दा बढस् खेलाडीले खोप लगाएको राष्ट्रिय खेलकुद परिषदका विभागीय प्रमुख कुलबहादुर थापाले बताए ।

राखेपले अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागि हुने खेलाडीलाई स्वास्थ मन्त्रालयसँगको समन्वयमा दुई पटक गरेर कोरोना विरुद्धको खोप उपलब्ध गराइसकेको छ । पहिलो चरणमा राखेपले आफ्नै प्राङ्गणमा खेलकुदसँग सम्बन्धित व्यक्तिहरुले लगाइसकेका छन् । जसमा राखेपका कर्मचारी, खेल पत्रकार र संघका पदाधिकारी पनि अटाएका थिए । अब छिटफुटहरुको लागि राखेपले नै सम्बन्धित संघको सिफारिसमा आएकालाई टेकु अस्पतालसँग समन्वय गरेर खोप उपलब्ध गराउने विभागीय प्रमुख कुल बहादुर थापाले जानकारी दिए ।

कोरोनाविरुद्धको खोपबाट अहिले सम्म ७ सय भन्दा बढि खेलकुदसँग जोडिएका पदाधिकार र खेलाडीले लगाइसकेका छन् । तत्कालै आयोजना हुने खेलका लागि पहिलो प्राथमिकता दिइएको छ भने बाँकी खेलका पदाधिकारीले पनि लगाइसकेको राखेपले जनाएको छ ।