२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान
तपाईं के खोज्दै हुनुहुन्छ ?

राति २ बजे राष्ट्रपतिलाई उठाएर संसद भंग गरियो: प्रधानमन्त्री देउवा(भिडीयोसहित)



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जनताले चुनेको संसद मनपरी ढंगले भंग गरेको बताएका छन् ।

ललितपुरमा सत्तारुढ गठबन्धनले आयोजना गरेको चुनावी कार्यक्रमलाई संम्बोधन गर्दै देउवाले ओलीले राष्ट्रपतिलाई राति २ बजे उठाएर संसद भंग गरेको टिप्पणी गरेका हुन् ।

उनले भने, ‘लोकतन्त्रलाई स्थायी गर्नुछ । ओलीजीले जनताले चुनेको संसद दुई पटक भंग गर्नुभयो । हामीले संविधानमा भंग गर्न नपाउने लेखेका थियौं । उहाँले राति २ बजे राष्ट्रपतिलाई उठाएर संसद विघटन गर्नुभयो । बिहान ६/७ बजे लगेको भए पनि हुन्थ्यो । उहाँको हातमा परेपछि के के गर्नुहुन्छ हुन्छ नि ! त्यसैले हामीले संसद बचाउन आवश्यक थियो ।’’
प्रधानमन्त्री देउवाले गठबन्धनको पक्षमा एकजुट भएर लाग्न आग्रह गरे । आफ्नो नेतृत्वमा सरकार बनेपछि देशलाई समृद्ध बनाउने अभियानमा लागेकोसमेत उनले बताए ।

 




भर्खरै