२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राति २ बजे राष्ट्रपतिलाई उठाएर संसद भंग गरियो: प्रधानमन्त्री देउवा(भिडीयोसहित)



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जनताले चुनेको संसद मनपरी ढंगले भंग गरेको बताएका छन् ।

ललितपुरमा सत्तारुढ गठबन्धनले आयोजना गरेको चुनावी कार्यक्रमलाई संम्बोधन गर्दै देउवाले ओलीले राष्ट्रपतिलाई राति २ बजे उठाएर संसद भंग गरेको टिप्पणी गरेका हुन् ।

उनले भने, ‘लोकतन्त्रलाई स्थायी गर्नुछ । ओलीजीले जनताले चुनेको संसद दुई पटक भंग गर्नुभयो । हामीले संविधानमा भंग गर्न नपाउने लेखेका थियौं । उहाँले राति २ बजे राष्ट्रपतिलाई उठाएर संसद विघटन गर्नुभयो । बिहान ६/७ बजे लगेको भए पनि हुन्थ्यो । उहाँको हातमा परेपछि के के गर्नुहुन्छ हुन्छ नि ! त्यसैले हामीले संसद बचाउन आवश्यक थियो ।’’
प्रधानमन्त्री देउवाले गठबन्धनको पक्षमा एकजुट भएर लाग्न आग्रह गरे । आफ्नो नेतृत्वमा सरकार बनेपछि देशलाई समृद्ध बनाउने अभियानमा लागेकोसमेत उनले बताए ।