७ पुष २०८२, सोमबार
,
Latest
विराटनगरका दुई क्यासिनोमा प्रहरी छापा, २० जना पक्राउ जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा एसकी केन्द्रीय सदस्य तथा समानुपातिक उम्मेदवार रावल एमालेमै फर्किइन्



अ+ अ-

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)की केन्द्रीय सदस्य तथा समानुपातिकतर्फकी प्रतिनिधि सभा सदस्य उम्मेदवार रीता रावल नेकपा (एमाले) मा फर्कनुभएको छ ।

अध्यक्ष केपी शर्मा ओलीले नेतृ रावललाई सोमबार साँझ बालकोटमा अवीर र खादा लगाई पार्टीमा स्वागत गर्नुभयो ।

नेतृ रावल संविधान सभाकी सदस्य हुनुहुन्छ । नेकपा एसको अखिल नेपाल महिला संघकी केन्द्रीय सचिव समेत रहेकी नेतृ रावलले एक अर्कासँग विचार नमिल्ने अपवित्र सत्ताधारी गठबन्धनबाट देश दुर्घटनामा पर्ने देखेर आफू एमालेमै फर्किएको बताउनुभयो ।

उहाँले नेकपा एकीकृत समाजवादीको पनि भविष्य छैन भन्ने आफ्नो निष्कर्ष रहेको बताउनुभयो ।

देशको भविष्य निर्माण गर्ने पार्टी एमाले मात्र भएको र विगतमा लामो समय आफ्नो योगदान पनि यसै पार्टीमा रहेकाले पुनः एमालेमै फर्किएको रावलले बताउनुभयो ।

उहाँले भन्नुभयो– ‘म काममा विश्वास गर्छु, लोभलालच केही राखेर फर्केकी छैन, समानुपातिकतर्फको सांसद उम्मेदवारी समेत उतै छोडेर आएकी छु, जुम्लामा जन्मेर सानैदेखि अन्यायका विरूद्ध लड्नुपर्छ भन्ने मान्यतामा कम्युनिष्ट पार्टीमा लागेकी हुँ । पार्टी काममा नमूना बनेर देखाउने छु ।’

नेतृ रावलले नेकपा (एमाले) लाई छिन्नभिन्न बनाउन सबै लागिरहेको अवस्थामा आफूूले पार्टी बलियो बनाउने काममा एउटा इँटा थप्न चाहेको बताउनुभयो ।

उहाँँसँगै समाजवादी प्रेस संगठन जाजरकोटका सचिव अर्पण रावल पनि एमालेमा फर्कनुभएको छ ।