७ चैत्र २०८१, बिहीबार
March 20, 2025 Thursday

26.27°C

काठमाडौं

26.27°C

Kathmandu

Feels-like: 26.27

Wind: 4.63

Humidity: 25

Latest
यस वर्ष पाँच सय युवालाई स्टार्टअप ऋण सहायता दिइने प्रधानमन्त्रीद्वारा जानकारी सामसनले नभई यी खेलाडीले गर्नेछन् राजस्थानको सुरुवाती तीन खेलको कप्तानी प्रधानमन्त्रीसँग मल्दोभाका उपप्रधानमन्त्रीको शिष्टाचार भेट असोजमा विपदबाट भएको क्षति आँकलन तत्काल अघि बढ्छः गृहमन्त्री लेखक पश्चिम नेपालमा स्थायी आवास निर्माण कार्य तिब्र पारेका छौँः गृहमन्त्री पूर्वराजाले ‘श्री ५ महाराजधिराज’ शब्द र शाही निशान छाप प्रयोग गरेको भन्दै सांसद खतिवडाको आपत्ति मधेसका महिलाहरुलाई अवसर दिन जरुरीः उपसभामुख राना १८ औं संस्करणको आईपीएलमा नयाँ के छ ? खेलाडी हुनेछन् मालामाल दलित समुदायमाथि भइरहेका विभेदका घटना तत्काल बन्द गरी दोषीलाई कारबाही गर्न ध्यानाकर्षण गौर हत्याकाण्डका दोषीलाई कारबाही र पीडितलाई न्याय दिन आजपाद्वारा सरकारको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

मत माग्न गाउँ पसे बागलुङका उम्मेदवार



बागलुङ
अ+ अ-

गलकोट । प्रतिनिधिसभा र प्रदेससभाको निर्वाचनका लागि बागलुङका उम्मेदवारहरुले गाउँ केन्द्रित अभियान थालेका छन् । सत्तारुढ गठबन्धन र नेकपा एमाले सहित साना दलहरुले समेत आइतबारदेखि निर्वाचन प्रचार प्रसारको तालिका बनाएर घरदैलो अभियान शुरु गरेको छ । गठबन्धनका उम्मेदवारले बागलुङ नगरपालिका–१ रामरेखा र नेकपा एमालेका उम्मेदवारले बागलुङ नगरपालिका–१४ नारायणस्थानबाट घरदैलो अभियान थालेका छन् ।

पाँच दलीय गठबन्धनतर्फ बागलुङ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र बागलुङ क्षेत्र नं १ प्रदेशसभा (क) का उम्मेदवार नेपाली कांग्रेसका दीपेन्द्रबहादुर थापाले आइतबार बागलुङ नगरपालिका–१ रामरेखाबाट घरदैलो तथा मतदाता भेटघाट कार्यक्रम सुरु गर्नुभएको नेपाली कांग्रेसका जिल्ला सचिव हरिहर शर्माले जानकारी दिनुभयो ।

शर्माका अनुसार पाँच दलीय गठबन्धन निर्वाचन परिचालन तथा प्रचारप्रसार समितिले निकालेको समय तालिका अनुसार आइतबार बागलुङ नगरपालिका–१ रामरेखाबाट सुरु भएको घरदैलो, मतदाता भेटघाट नं २ र ३ सम्म पुगेको छ । असोज २८ गते गठबन्धनको बागलुङ बजारमा निर्वाचन परिचालन कार्यालय उद्घाटन, २९ गते बागलुङ नगरपालिका–१४ नारायणस्थानमा भेटघाट तथा कुश्मिसेरामा क्षेत्र नं १ प्रदेशसभा (ख) अन्तर्गतको अनुशिक्षण गरेको पाँच दलीय गठबन्धले आइतबार रामरेखाबाट घरदैलो कार्यक्रम सुरु गरेको कांग्रेसका सचिव शर्माले बताउनुभयो ।

घरदैलो तथा भेटघाटमा नेता केसीले समग्र बागलुङको विकासका एजेण्डा राष्ट्रिय तहमा स्थापित गर्दै संविधानको रक्षाका लागि आफूलाई मतदान गर्न आग्रह गर्नुभयो । यस्तै कांग्रेसका नेता बागलुङ क्षेत्र नम्बर १ प्रदेशसभा (क) का उम्मेदवार थापाले विकास र सुशासनका पक्षमा आफुले मत मागेको बताउनुभयो ।

यस्तै नेकपा एमालेबाट बागलुङ क्षेत्र नं १ प्रतिनिधिसभा सदस्य उम्मेदवार डा सूर्य पाठकले आइतबार बागलुङ नगरपालिका–१४ नारायणस्थानबाट आफ्नो चुनावी कार्यक्रम सुरु गर्नुभएको छ । डा पाठकले पहिलो दिन नारायणस्थानको नेपाने, कोलपाटा र नमूना गाउँमा घरदैलो कार्यक्रम गर्दै आफूलाई मत माग्नुभएको थियो । निर्वाचन परिचालन कमिटिले निर्माण गरेको कार्यतालिका अनुसार आइतबार नारायणस्थानमा घरदैलो कार्यक्रम सकेर कुश्मिसेरामा क्षेत्र नं १ प्रदेशसभा (ख) अन्तर्गतको कार्यालय स्थापना गरिएको निर्वाचन परिचालन कमिटिका संयोजक लीलाबहादुर थापाले जानकारी दिनुभयो । पाठकले सोमबार अमलाचौरमा घरदैलो कार्यक्रम गर्नुभएको थियो ।

मतदातासँगको भेटमा डा पाठकले अघिल्लो निर्वाचनमा संसदीय अभ्यास र बागलुङको विकासमा सहयोग पु¥याउनुभएको मतदातालाई धन्यवाद दिँदै बागलुङका अधुरा ठूला योजना पूरा गर्न पुन ः निर्वाचनमा आएको बताउनुभयो । यस्तै बागलुङ क्षेत्र नं १ प्रदेशसभा ९क० मा नेकपा एमालेबाट हीरा केसी आफ्ना चुनावी एजेण्डा लिएर भेटघाटमा लाग्नुभएको छ । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि बागलुङमा गठबन्धन र दलका तर्फबाट चुनावी एजेण्डा र धारणासमेत सार्वजनिक गर्दै गाउँ पसेका हुन् ।

बागलुङको दुई प्रतिनिधिसभा र चार प्रदेशसभा क्षेत्रमा हुने निर्वाचनका लागि विभिन्न दल तथा स्वतन्त्र उम्मेदवार गरी ३१ जना चुनावी मैदानमा हुनुहुन्छ । बागलुङ क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट इञ्जिनीयर खिमान्न्द कँडेल निर्वाचनको मैदानमा हुनुहुन्छ । उता बागलुङ क्षेत्र नं २ प्रतिनिधिसभाको निर्वाचनका लागि गठबन्धनबाट शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र नेकपा एमालेबाट मन्जु क्षेत्री चुनावी मैदानमा उत्रनुभएको छ ।

मन्त्री पौडेल उम्मेदवारी दर्तापछि शनिबार मात्रै गृह जिल्लामा चुनावी अभियानका लागि आउनुभएको हो । यस्तै माओवादी केन्द्र परित्याग गरी नेकपा एमालेको सर्मथनमा प्रकाश घर्तीले बागलुङ क्षेत्र नं २ प्रदेश सभा ९क० र नेपाली कांग्रेसका जिल्ला सभापति जीत शेरचनले उम्मेदवारी दिनुभएको छ । क्षेत्र नं २ प्रदेशसभा (ख)मा कांग्रेसका युवा नेता द्रोण कुँवर र नेकपा एमालेका युवा नेता लक्ष्मण पुनबीच प्रतिस्प्रर्धा हुँदै छ । दल तथा स्वतन्त्र उम्मेदवारले पूर्वाधार, शिक्षा, स्वास्थ्य तथा सुशासनको मुद्दा लिएर गाउँ पसेका छन् ।