७ पुष २०८२, सोमबार
,
Latest
विराटनगरका दुई क्यासिनोमा प्रहरी छापा, २० जना पक्राउ जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी बुटवल उपमहानगर कमिटी सदस्य ठकुरी एमालेमा प्रवेश



अ+ अ-

रुपन्देही । नेकपा (माओवादी केन्द्र)का बुटवल उपमहानगर कमिटी सदस्य विष्णुसिंह ठकुरी नेकपा एमालेमा प्रवेश गरेका छन् ।

लामो समय माओवादी केन्द्रमा आवद्ध रहेका ठकुरी सो पार्टीले आफ्नो लक्ष्य र उद्देश्य पूरा गर्न नसक्ने ठहर गर्दै आज मंगलबार एमालेमा प्रवेश गरेको उनले जनाएका छन् ।

वामपन्थी सरकार ढालेर दक्षिणपन्थी शक्तिहरुसँग साँठगाँठ गर्दै माओवादीले सिंगो कम्युनिष्ट आन्दोलनकै विसर्जन गर्ने खलनायकको भूमिका निर्वाह गरेको कारण सो पार्टीमा रहिरहन आफ्नो स्वाभिमानले नदिएको र मुलुकको कम्युनिष्ट आन्दोलनको नेतृत्व गर्ने, स्वाधिनताको रक्षा कवच एमाले मात्र रहेको ठहर गर्दै आजैदेखि एमाले प्रवेश गरेको ठकुरीले बताएका छन् ।

यस्तै, उनीसँगै २ नं. शाखा कमिटी सचिव ईतेन्द्रकुमार बझ्राचार्य पनि माओवादी छाडेर एमालेमा प्रवेश गरेको एमाले उपाध्यक्ष विष्णु पौडेलका स्वकीय सचिव यम पाण्डेले जानकारी दिए ।