१३ श्रावण २०८३, बुधबार
,
Latest
मन्त्री बादी र युनिसेफ नेपालकी प्रतिनिधिबीच भेटवार्ता, बालविवाह अन्त्य र महिला–बाल अधिकार संरक्षणमा जोड चितवनकाे देवघाटमा शवदाह गृह सार्वजनिक–निजी साझेदारी ‘मोडेल’मा सञ्चालन गर्ने तयारी हात्ती धपाउन लगाइएको तारको करेन्ट लाग्दा एक जनाको मृत्यु माईतीघरको डुबान अन्त्य गर्न ढल निकास फराकिलो बनाउने कार्य शुरुः ढल अतिक्रमण गरी बनाइएका संरचनामाथि… चिकित्सा शिक्षा आयोगको ६ अर्ब ५५ करोडको बजेट स्वीकृत निर्वाचन आयोगमा निर्णय प्रक्रिया अल्पमत र बहुमतका आधारमा नभई सर्वसम्मत हुनुपर्छः सांसद ढुंगाना सांसद विष्टको प्रश्नः निर्वाचन आचारसंहिता उल्लंघन भए प्रधानमन्त्रीलाई पनि अन द स्पट कारबाही गर्न सक्नुहुन्छ… १६ वर्षमै मतदानको अधिकार दिनुपर्छः रास्वपा प्रमुख सचेतक बुर्लाकोटी चिकित्सक र बिरामी दुवैको सुरक्षालाई समान प्राथमिकता दिँदै स्वास्थ्य मन्त्रालय दीर्घकालीन सुधारको तयारीमा नेपाल टेलिकमका सबै टावरमा विद्युत् सेवा पुर्याउन सञ्चारमन्त्री डा तिमिल्सिनाको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी बुटवल उपमहानगर कमिटी सदस्य ठकुरी एमालेमा प्रवेश



अ+ अ-

रुपन्देही । नेकपा (माओवादी केन्द्र)का बुटवल उपमहानगर कमिटी सदस्य विष्णुसिंह ठकुरी नेकपा एमालेमा प्रवेश गरेका छन् ।

लामो समय माओवादी केन्द्रमा आवद्ध रहेका ठकुरी सो पार्टीले आफ्नो लक्ष्य र उद्देश्य पूरा गर्न नसक्ने ठहर गर्दै आज मंगलबार एमालेमा प्रवेश गरेको उनले जनाएका छन् ।

वामपन्थी सरकार ढालेर दक्षिणपन्थी शक्तिहरुसँग साँठगाँठ गर्दै माओवादीले सिंगो कम्युनिष्ट आन्दोलनकै विसर्जन गर्ने खलनायकको भूमिका निर्वाह गरेको कारण सो पार्टीमा रहिरहन आफ्नो स्वाभिमानले नदिएको र मुलुकको कम्युनिष्ट आन्दोलनको नेतृत्व गर्ने, स्वाधिनताको रक्षा कवच एमाले मात्र रहेको ठहर गर्दै आजैदेखि एमाले प्रवेश गरेको ठकुरीले बताएका छन् ।

यस्तै, उनीसँगै २ नं. शाखा कमिटी सचिव ईतेन्द्रकुमार बझ्राचार्य पनि माओवादी छाडेर एमालेमा प्रवेश गरेको एमाले उपाध्यक्ष विष्णु पौडेलका स्वकीय सचिव यम पाण्डेले जानकारी दिए ।




भर्खरै