काठमाडौं । नेपाल विद्युत प्राधिकरणको निर्देशकमा कुलमान घिसिङको नियुक्त भएको छ । उर्जा मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले घिसिङलाई प्राधिकरणको कार्यकारी नियुक्त गरेको हो ।
मन्त्रालयले हितेन्द्र देव शाक्यलाई जल तथा उर्जा आयोगमा सरुवा गरेको छ । शाक्यलाई आयोगले विशिष्ट श्रेणी पद सिर्जना गरेर सरुवा गरिएको हो ।
आयोगले शाक्यलाई अहिले खाइपाइ आएको सुविधा नघट्ने गरी लगिने भएको छ । शाक्यले पनि यसअघि आफूलाई अन्याय नहुने गरी अन्य जिम्मेवारी दिए जाने बताएका थिए ।