१९ असार २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल समूहले अर्को पार्टी गठन गर्ने



अ+ अ-

काठमाडौं एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अर्को पार्टी बनाउने भएका छन् । अध्यक्ष केपी शर्मा ओलीसँग झुकेर नबस्ने भन्दै नेपालले नयाँ पाटी खोल्ने तयारी गरेका हुन् ।

काठमाडौंमा आज आफुनिकट विद्यार्थीको कार्यक्रममा वरिष्ठ नेता नेपालले आफु र आफ्नो समूह कसैको टाङमुनी नछिर्ने बताउदै यसको विकल्प खोज्नुपर्ने बेला आएको बताएका हुन् । 

नेता नेपालले कारवाहीमा परेका कर्णाली प्रदेशका आफनो समुहका सांसदलाई उपनिर्वाचनमा जिताएर ल्याउने समेत बताउनुभयो । सांसदले गलत प्रवृतिविरुद्ध लडेको भन्दै पद खारेज भएपनि जिताउने जिम्मा आफनो भएको नेता नेपालले घोषणा गर्नुभयो ।

नेता नेपालका पछिल्ला भनाइले एमालेमा एकताको संभावना सकिदै गएको देखिएको छ ।