९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar मकवानपुरको सिमातखोलाले बगाउँदा स्याङ्तानको मृत्यु News Polar महिला कबड्डीमा नेपाललाई कम्तीमा कांस्य पदक पक्का News Polar बालेनको राष्ट्रसंघ सम्बोधनको अन्तरवस्तु र प्रस्तुती सही छ : बाबुराम भट्टराई News Polar ‘राष्ट्रसंघमा जलवायु न्यायको मुद्दा उठाउनु सकारात्मक, अब देशभित्र गृहकार्य आवश्यक’ News Polar बालेनको राष्ट्रसंघ सम्बोधनबारे बाँस्कोटा : ‘देशको भावना बोले’ News Polar यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल News Polar लगातार वर्षापछि तीन राजमार्गमा यातायात रोक, त्रिभुवन राजपथ सुचारु News Polar शाहको राष्ट्रसंघ सम्बोधनलाई योगेश भट्टराईले दिए सकारात्मक प्रतिक्रिया News Polar वर्षाको जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कतासहित तयारी अवस्थामा छौँः मन्त्री मेहता News Polar परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता News Polar कालीगण्डकी करिडोर अवरुद्ध News Polar पहिरोले कान्ति लोकपथ अवरुद्ध News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द News Polar एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री News Polar नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

आचारसंहीता उल्लंघन गर्नेलाई कारवाही गर्न हात नकमाउनूस्ः आयुक्त भण्डारी

आचारसंहीता उल्लंघन गर्नेलाई कारवाही गर्न हात नकमाउनूस्ः आयुक्त भण्डारी
अ अ+ अ-

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहीता उल्लंघन गर्नेलाई तत्काल कारबाही गर्न प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएको छ ।

सोमवार गृह मन्त्रालयमा देशभरका प्रमुख जिल्ला अधिकारीहरुसँगको भर्चुअल बैठकमा निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले आचारसंहीता उल्लंघन गरेको पाइए तत्काल कारबाही गर्न निर्दशन दिनुभएको हो । केन्द्रिय निर्वाचन आचारसंहीता अनुगमन समितिका संयोजकसमेत रहनुभएका आयुक्त भण्डारीले आचारसंहीता उल्लंघनको प्रमाण भेटिएमा तत्काल नियन्त्रणमा लिन कञ्जुस्याईं नगर्न पनि आग्रह गर्नुभयो । उहाँले मुख्य निर्वाचन अधिकृत व्यस्त भएको अवस्थामा उहाँको क्षेत्राधिकार प्रमुख जिल्ला अधिकारीले प्रयोग गर्नसक्ने पनि स्पष्ट पार्नुभयो ।

उहाँले आचारसंहीता तर्जुमा गर्दा प्रमुख जिल्ला अधिकारीहरुको भुमिकालाई स्पष्ट रुपमा उल्लेख गरिएको बताउनु भयो । उहाँले भन्नुभयो–‘प्रमुख जिल्ला अधिकारीज्यूहरुको टड्कारो भुमिका नदेखिँदाखेरी आचारसंहीता उल्लंघन नियन्त्रण गर्नलाई अलि कठिनाई भएको आयोगले महशुस गरेको छ । यदी मुख्य निर्वाचन अधिकृत व्यस्त भएको अवस्थामा पनि सहसंयोजक तपाईं प्रमुख जिल्ला अधिकारीज्यूहरु भएको नाताले उहाँहरु व्यस्त भएपनि त्यो क्षेत्राधिकार सम्पूर्ण प्रयोग गरेर त्यसलाई तत्काल नियन्त्रण गर्न प्रमुख जिल्ला अधिकारीज्यूहरु सक्षम हुनुहुन्छ भन्ने आयोगले विश्वास र ठहर गरेको छ ।

हामीले यहाँहरुको स्पष्ट भुमिकासमेत उल्लेख गरेर आचारसंहीता तर्जुमा गरेको यहाँ कमीकमजोरी र अपm्ठ्यारो छन् भन्ने मलाई लाग्दैन । यसलाई तत्काल कार्यान्वयन गर्न यहाँहरु सक्षम हुनुहुन्छ । निर्वाचनको सन्दर्भमा कसैले कसुर गर्छ भने कसुरजन्य क्रिया अन्तर्गत अनुसन्धानको विषय हुन्छ । सरकारी वकिल र प्रहरीले छानविन गरेर अदालतमा मुद्दा चलाउनुपर्ने हुन्छ । निर्वाचनलाई प्रतिकुल असर पार्नेगरी कुनै हुलदंगा गर्ने, निर्वाचन बिथोल्ने कामहरु हुन्छन् भने त्यसलाई नियन्त्रण गर्नलाई स्थानीय प्रशासनले तत्काल आदेश जारी गर्नसक्ने अवस्था विद्यमान छ ।

अनुसन्धानात्मक प्रकृतिका कामहरु छन् भने अनुसन्धानको पाटोमा लिने । अनुगमनमा जाँदाखेरी कहीँ टड्कारो रुपमा उसले आचारसंहीता उल्लंघन गरेको सप्रमाण देखिन्छन् भने ती प्रमाणहरु संकलन गरेर कारबाही गर्न सक्नुहुन्छ । आचारसंहीतामा उल्लेख गरेका बाहेक कुनैपनि दलका कार्यक्रमहरु छन् भने ती कार्यक्रमहरुमा आचारसंहीता उल्लंघन भएको छ भने तत्काल नियन्त्रण गर्नलाई कुनैपनि कञ्जुस्याईं बाँकी नराख्नुस् ।’

आयुक्त भण्डारीले घरदैलो कार्यक्रममा दलहरुले आचारसंहीता उल्लंघन गरेको उजुरीहरु आएकोतर्फ गम्भीर ध्यानाकर्षण गराउँदै त्यसलाई तत्काल नियन्त्रण गर्नपनि निर्देशन दिनुभयो । आचारसंहीता पालना भएको नभएमा कठोरतापूर्वक कारबाही गर्नुपर्ने उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘यदी घरदैलो कार्यक्रममा जाँदाखेरी आचारसंहीता उल्लंघन गरेको छ भने यहाँहरुले कठोर कारबाही गर्न सक्नुहुन्छ । दलहरुको आचारसंहीता उल्लंघन गर्ने हर्कतलाई नियन्त्रण गर्ने प्रयोजनका लागि यहाँहरु प्रहार गर्नलाई कुनैपनि पछि नपर्नुस् । यसको सम्पूर्ण जिम्मा आयोगले लिन्छ । यहाँहरुले गरेको सम्पूर्ण कारबाही, नियन्त्रण लगायतका विषयवस्तुहरु आयोगले गरेको हो । किनभने अहिलेको सन्दर्भमा यहाँहरु र आयोग छुट्टाछुट्टै पाटा होइनन् ।

यहाँहरुले गर्ने निर्णय आयोगले गर्ने निर्णय हो । यहाँहरुले दिने निर्देशन आयोगले दिने निर्देशन हो । यहाँहरुले गर्ने कार्यक्रममा आयोगले स्वामित्व ग्रहण गर्छ । मैले यसमा यो हदभन्दा बढी जानु हुँदैन कि भनेर हात कमाएर नबस्नुस् । आचारसंहीता उल्लंघन भएको छ भने कठोरतापूर्वक निर्मम प्रहार गरेर कारबाही गर्नुस् । त्यो आयोगले कारबाही गरेको ठहर्छ ।’

आयुक्त भण्डारीले आचारसंहीता पालना गराउने सम्बन्धमा कानूनमा अस्पष्टता भएमा निर्वाचन आयोगमा लेखेर पठाउन पनि अनुरोध गर्नुभयो ।