६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

युएई जान नयाँ नियम : विमानस्थलबाट फर्किए डेढ सय यात्रु



अ+ अ-

काठमाडौं । कोरोना महामारीलाई देखाएर विभिन्न मुलुकले लागु गरेको आआफ्नै नियमका कारण नेपाली युवाले वैदेशिक रोजगारीमा जान समस्या खेप्दै आएका छन्। पछिल्लो समय संयुक्त अरब इमिरेटस् (युएई) ले लागु गरेको नयाँ नियमका कारण सोमबार डेढ सय यात्रु दुबई जानबाट रोकिए।

युएई सरकारले जहाजको बोर्डिड पास लिनुभन्दा अघि विमानस्थलमा नै एन्टिजेन परीक्षण गरेकालाई मात्र आफ्नो मुलुकमा आउन दिने नियम लागु गरेको छ। नेपालमा अहिलेसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एन्टिजेन परीक्षणको सुविधा नभएकाले दुबई जान लागेका डेढ सय यात्रु रोकिएका हुन्। यी यात्रुमध्ये ९० प्रतिशतभन्दा धेरै रोजगारीका लागि दुबई जाने युवा थिए।

नेपाल वायुसेवा निगमको आरए २२९ र हिमालय एयरलाइन्सको एचएन ५६५ उडानमार्फत दुबई उड्न विमानस्थल पुगेका यात्रु सोमबार त्यसै फर्किए। विमानस्थलका अधिकारीहरूका अनुसार एयर ट्रान्सपोर्ट अपरेसन दुबई सिभिल एभिएसन अथोरिटीले लागु गरेको नयाँ नियमका कारण कोही पनि यात्रु जान नपाउँदा जहाज रित्तै उडेका थिए।

नेपालबाट दुबई उड्ने यात्रुको हकमा ४८ घण्टाभित्र गरिएको कोरोना परीक्षण (पिसिआर) को रिपोर्ट र चार घण्टापहिले विमानस्थलमै गरिएको एन्टिजेन परीक्षणको रिपोर्ट अनिवार्य गरेपछि हिमालय एयरलाइन्सका ९० र नेपाल वायुसेवा निगमका ६० जना यात्रु उड्न नपाएको विमानस्थल कार्यालयले जनाएको छ। युएई सरकारले पछिल्लो समय कोरोना संक्रमण बढेका संसारका १६ मुलुकलाई जोखिमको सूचीमा राखेको छ। यही सूचीमा रहेका मुलुकबाट आउनेहरूका लागि नयाँ नियम लागु गरिएको हो। नेपालसहित भारत, पाकिस्तान, नाइजेरिया, श्रीलंका र युगान्डालाई अति जोखिम भएका देशको सूचीमा राखिएको छ। यो नयाँ नियमका कारण नेपालबाट दुबईमा हुने उडान अनिश्चित बनेको छ। दुबईबाट नेपालमा हुने उडान भने यथावत् छ। यो समाचार नागरिक दैनिकमा छ ।