६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले अध्यक्ष ओलीको त्यो चाहाना, के पुरा गर्लान त नेपाल ?



अ+ अ-

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सोही पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले ‘तपाईंले जति गाली गरे पनि हामी फर्काउँदैनौं, किनभने हामी पार्टीको एकता चाहन्छौं’ भन्ने जवाफ दिएपछि सो पार्टीमा एकताको वातावरण बन्ने अपेक्षा गर्नेहरू केही समययता निरास भएका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा नेपाल पक्षले ओलीका साथ एउटै लहरमा बसेर एकताको ‘जेस्चर’ पनि देखायो । तर, ओलीको व्यवहारमा भने नेपाल पक्षमा उभिएका नेता–कार्यकर्ताप्रति कुनै सकारात्मक दृष्टिकोणको संकेत देखिएन । ओलीले सोमबार मात्र पनि नेपाल पक्षलाई ललकार्दै भने, –‘मलाई सच्चिने अन्तिम मौका छ रे, माफी माग भनेका छन् । अब मैले दाम चढाएर उनले जस्तै वरिपरि घुमेर माफी माग्नुपर्ने ?’

ओलीले प्रधानमन्त्री रहँदा असंवैधानिक किसिमले प्रतिनिधिसभा विघटन गर्ने, अध्यादेशमार्फत सरकार चलाउने र कम्युनिस्ट पार्टीको व्यवहारअनुसार सामूहिक नेतृत्वको अभ्यास नगरेको वा पार्टीमा सल्लाह नगरी एक्लै चल्ने जस्ता व्यवहार गरेर अधिनायकवादी चरित्र आरोप लगाएको नेपाल पक्षले यसका लागि आत्मालोचना गरेर पार्टीलाई मिलाएर लानुपर्ने धारणा राख्दै आएको छ । 

ओलीको आजसम्मको व्यवहार हेर्दा जतिसुकै ठूलो उपलव्धिका लागि पनि झुक्ने सम्भावना देखिएन । प्रष्ट छ, ओलीलाई नेपाल पक्ष फुटेर बाहिर निस्केर गएको हेर्ने इच्छा छ । ओली उप्काउने र नेपाल टाँस्ने मानसिकतामा देखिएका छन् ।, यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।