२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी केन्द्रले बागी उम्मेदवारसहित प्रस्तावक र समर्थकलाई निष्कासन गर्ने



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदको निर्वाचनमा बागी उम्मेदवारी दिने पार्टीका नेता–कार्यकर्तालाई कारबाही गर्ने निर्णय गरेको छ ।

माओवादीले पार्टी नीतिविपरीत गठबन्धन दलका आधिकारिक उम्मेदवारको विरुद्धमा बागी उम्मेदवारी दिई उम्मेदवारी फिर्ता नलिएका उम्मेदवार, तिनका प्रस्तावक र समर्थकलाई सम्पूर्ण जिम्मेवारीसहित पार्टीबाट निस्कासनको कारबाही गर्ने भएको हो ।

यद्यपि, निर्धारित मिति र समयभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएका त्यस्ता बागी उम्मेदवारले पार्टीका एवम् गठबन्धन दलभित्रका आधिकारिक उम्मेदवारलाई विजयी गराउन पूर्ण रुपमा सक्रिय रहने प्रतिबद्धता सहित असोज ३१ गतेभित्र सार्वजनिक रुपमा वक्तव्य प्रकाशित गरेमा वा आफ्नो उम्मेदवारी निस्क्रिय गराएमा उनीहरु उपरको कारबाही फिर्ता लिइने पनि पार्टी कार्यालय सचिव श्रीराम ढकालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।