३ पुष २०८२, बिहीबार
,
Latest
नेकपा (एमाले) का नवनिर्वाचित पदाधिकारीहरूद्वारा शपथ ग्रहण रवि विदेश जानुपरे अदालतलाई पूर्व जानकारी गराउनुपर्ने, यस्तो छ अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल रवि लामिछानेलाई थुनामुक्त गर्न आदेश प्रधानमन्त्रीलाई जेनजी प्रतिनिधिको सुझाव– घाइते र शहीद परिवारका माग पूरा गर्न नसक्ने भए तीर्थयात्रा जानु यस्तो बन्यो एमालेको टिम सरकारका क्रियाकलाप जेन–जी आन्दोलनले उठाएका मुद्दाको पक्षमा छैनन्ः जेन–जी प्रतिनिधि लेनिन बिष्ट रवि र छविको मुद्दामा बहस सकियो जेन–जी आन्दोलनका घाइते, शहीद परिवारलाई निःशुल्क वैदेशिक रोजगारीमा पठाउने व्यवस्था मिलाइँदैछः श्रममन्त्री भण्डारी पदाधिकारीमा हारेका गुरु बराल र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित
तपाईं के खोज्दै हुनुहुन्छ ?

तीज नजिकिएसँगै बढ्यो कलाकारको व्यस्तता बढ्यो



अ+ अ-

काठमाडौं । तिज नजिकिएसँगै गायक तथा मोडलहरूको व्यस्तता बढेको छ। निषेधाज्ञा खुकुलो भएपछि तीजलाई लक्षित गरेर गीतहरू सार्वजनिक गर्ने, भिडियो छायाङ्कन तथा गीत रेकर्डिङ गर्नेको व्यस्तता बढ्न थालेको हो ।

कतिपय  गायक, गायिकाले आफ्नो गीतहरू छायाङ्कन गरिसकेका छन् भने कतिपय रेकर्डिङ सकेर छायाङ्कनको दौडधुपमा भेटिने गरेका छन् । गायिकाद्वय रचना रिमाल, समीक्षा अधिकारी, दुर्गा पौडेल पनि तीजको गीत बजारमा ल्याउने सुरमा छन् । चलचित्रको काम सुरु नहुँदा वर्षा राउत, नीता ढुङ्गाना, वर्षा  शिवाकोटी, आकाश श्रेष्ठ, पूजा शर्मालगायतका कलाकार पनि अचेल म्युजिक भिडियोमा व्यस्त देखिएको समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।