२७ भाद्र २०८३, शनिबार
,
Latest
विपद्मा पीडित परिवारसँगै प्रदेश सरकार भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैनः शिक्षामन्त्री पोखरेल ऐक्यबद्धताको साथ पुनरुत्थानमा जुट्नुपर्छः संयोजक दाहाल मर्दी हिमाल आरोहण गर्ने स्थानीय युवा सम्मानित बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

अस्ट्रेलियाली राजदूतद्वारा नेपाली क्रिकेट टिमलाई बधाई तथा शुभकामना



अ+ अ-

काठमाडौँ । नेपालका लागि अस्ट्रेलियाका राजदूत फेलिसिटी भोल्कले आइसीसी पुरुष टी–२० विश्वकप छनोटअन्तर्गतको ग्लोबल छनोटको सेमिफाइनलमा पुगेको नेपाली टिमलाई बधाई तथा शुभकामना दिनुभएको छ ।

उहाँले एक ट्विट गर्दै भन्नुभएको छ, “नेपाली पुरुष क्रिकेट टिमलाई बधाई तथा आइसीसी टी–२० विश्वकप २०२२ को छनोट प्रतियोगिताको आजको सेमिफाइनलका लागि शुभकामना । हामी तपाईंहरुलाई अस्ट्रेलियामा स्वागत गर्न उत्सुक छौँ।” नेपालले आज आइसीसी पुरुष टी–२० विश्वकप छनोटअन्तर्गतको ग्लोबल छनोटको सेमिफाइनलमा नेपालले आज (मङ्गलबार) युएईसँग खेल्दैछ ।

ओमानस्थित अल अमेरात मैदानमा नेपाल र युएईबीचको खेल दिउँसो ३ः४५ बजे सुरु हुनेछ । यस खेलमा विजेता बन्दै फाइनल पुग्ने टोलीले अष्ट्रेलियामा आगामी अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म हुने आइसीसी पुरुष टी–२० विश्वकपमा स्थान बनाउनेछ ।