६ श्रावण २०८३, बुधबार
,
Latest
पहिरोले आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ग्रीन रन प्रतियोगिता, कल्याण कोषको घोषणा ‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता ‘आरसीओडी’को म्याद थप्न ऊर्जामन्त्री बोलाए बैठक सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै जलवायु जनचेतना जगाउन कांग्रेसको ‘ग्रीन रन’- फोटो फिचर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य अण्डाको मूल्य बढ्यो, अझै किसानले लागत मूल्य पाएनन् मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

शाहरुखका छोरा पनि स्वर्ण पदक विजेता !



अ+ अ-

एजेन्सी । बलिउड सुपरस्टार शाहरुख खानका कान्छो छोरा अबरामले तेक्वान्दो खेल जितेका छन् । आइतबार (अक्टोबर १६)मा भएको विद्यालयको प्रतियोगितामा छोराले स्वर्ण पदक पाएपछि शाहरुखको खुसीको सीमा रहेन ।

यस क्रममा शाहरुखले उनलाई स्टेजमै अँगालो हालेर मायाले चुम्बन गरेका थिए । प्रतियोगितामा अबरामलाई साथ दिन शाहरुख र उनको सम्पूर्ण परिवार सँगै देखा परेका थिए । खेल जितेपछि शाहरुखले आफ्नै हातले छोरा अबरामलाई स्वर्ण पदक दिए ।

यससँगै उनले गोल्डेन स्नीकर र ब्ल्याक क्यापसँग मिलेर काम गरे । यस प्रतियोगितामा शाहरुखकी प्रबन्धक पूजा ददलानी पनि थिइन् ।

शाहरुख खानको आगामी प्रोजेक्टको कुरा गर्दा उनी छिट्टै राजकुमार हिरानीको फिल्म ‘डंकी’ मा देखिनेछन् । यसबाहेक उनी सिद्धार्थ आनन्दको फिल्म ‘पठान’ र एट्लीको ‘जवान’मा पनि देखिनेछन् ।