१९ असार २०८३, शुक्रबार
,
Latest
बैतडीमा बस दुर्घटना, १७ जना घाइते राज्य व्यवस्था समितिको टोलीद्वारा कञ्चनपुर कारागार अनुगमन ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु कर्तव्य ज्यान मुद्दाका फरार घर्तीमगर पक्राउ धनुषामा अनियन्त्रित रथका कारण बालिकाको मृत्यु सरकारले तत्काल राष्ट्रिय चिया लिलाम बजारको स्थापना गर्नुपर्दछः नेकपा सांसद अर्याल बैतडीमा यात्रुवाहक बस दुर्घटना, क्षतिको विवरण आउन बाँकी नेप्से परिसूचक आठ अङ्कले घट्यो सरकारका १०० दिनः सार्वजनिक जग्गा संरक्षणदेखि सहकारी बचतकर्ताको रकम फिर्तासम्म सरकारले विद्युत व्यापारमा उचित कदम चाल्न आवश्यक छः काँग्रेस सांसद गुरुङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्राधिकरणमा कुलमानको नियुक्तिबारे भट्टराईले भने – कस्ता दिन आए !



अ+ अ-

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले विद्युत प्राधिकरणमा कुलमान घिसिङको नियुक्तिबारे प्रश्न उठाएका छन् । भट्टराईले घिसिङको नियुक्ति स्वागतयोग्य नै भएता पनि नियुक्तिमा कसको प्रस्ताव, कसको समर्थन र कसको सहयोग र असहयोग थियो भन्न जरुरी नरहेको भनाइ राखेका हुन्।

डा. भट्टराईले भनेका छन्, ‘कुलमानको कमब्याक स्वागतयोग्य छ, बधाइ । तर, उनको नियुक्तिमा कसको प्रस्ताव, कसको सहमति, कसको सहयोग, कसको असहमति, कसको असहयोग, कसको विरोध आदि इत्यादि पनि भन्न जरूरी छ ? कस्ता दिन आए…..११’

कुलमानको नियुक्ति प्रचण्डको प्रस्तावमा प्रधानमन्त्रीको सहमति र ऊर्जामन्त्रीको सहयोगमा भएको भन्ने खालको समाचार आएपछि त्यसपछि भट्टराईले असन्तोष प्रकट गरेका हुन् । तथापि कुलमानलाई विद्युत प्राधिकरणमा ल्याउने सरकारको निर्णय स्वागतयोग्य नै भएको बताएका हुन् ।