९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar मकवानपुरको सिमातखोलाले बगाउँदा स्याङ्तानको मृत्यु News Polar महिला कबड्डीमा नेपाललाई कम्तीमा कांस्य पदक पक्का News Polar बालेनको राष्ट्रसंघ सम्बोधनको अन्तरवस्तु र प्रस्तुती सही छ : बाबुराम भट्टराई News Polar ‘राष्ट्रसंघमा जलवायु न्यायको मुद्दा उठाउनु सकारात्मक, अब देशभित्र गृहकार्य आवश्यक’ News Polar बालेनको राष्ट्रसंघ सम्बोधनबारे बाँस्कोटा : ‘देशको भावना बोले’ News Polar यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल News Polar लगातार वर्षापछि तीन राजमार्गमा यातायात रोक, त्रिभुवन राजपथ सुचारु News Polar शाहको राष्ट्रसंघ सम्बोधनलाई योगेश भट्टराईले दिए सकारात्मक प्रतिक्रिया News Polar वर्षाको जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कतासहित तयारी अवस्थामा छौँः मन्त्री मेहता News Polar परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता News Polar कालीगण्डकी करिडोर अवरुद्ध News Polar पहिरोले कान्ति लोकपथ अवरुद्ध News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द News Polar एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री News Polar नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

धादिङमा बढ्यो चुनावी सरगर्मी: नेकपा एसका पाण्डे र एमालेका त्रिपाठीबीच कडा प्रतिस्पर्धा

धादिङमा बढ्यो चुनावी सरगर्मी: नेकपा एसका पाण्डे र एमालेका त्रिपाठीबीच कडा प्रतिस्पर्धा
अ अ+ अ-

धादिङ । मङ्सिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि धादिङमा पनि चुनावी सरगर्मी बढेको छ । धादिङका २ प्रतिनिधिसभा र ४ प्रदेशसभा क्षेत्रमा हुने निर्वाचनका लागि दल तथा स्वतन्त्र गरी ७९ जना उम्मेदवारहरु चुनावी मैदानमा छन् ।

धादिङमा बाग्मति प्रदेशका मुख्यमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेदेखि कमेडियन हिमेश पन्तसम्म चुनावी मैदानमा उत्रिएका छन् । धादिङ क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यका लागि राजेन्द्रप्रसाद पाण्डे आफ्नै पुराना सहकर्मी नेकपा एमालेका भूमि त्रिपाठीसँग चुनावी मैदानमा उत्रिएका छन् ।

२०७४ को निर्वाचनमा प्रतिनिधिसभामा त्रिपाठी र प्रदेशसभामा पाण्डे दुबैजना नेकपा एमालेबाट विजयी भएका थिए । पाण्डे र त्रिपाठीसँग धादिङका पुराना कम्युनिष्ट नेता उत्तमराज शर्मा कँडेल पनि स्वतन्त्रबाट प्रतिस्पर्धामा छन् ।

यसैगरी यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट कमेडियन हिमेश पन्त, जनसमाजवादी पार्टीबाट पुष्कर सेढाई, जनता समाजवादी पार्टीबाट नोरमान तामाङ, नेपाल मजदुर किसान पार्टीबाट विश्वअम्मर महर्जन, मंगोल नेशनल अर्गनाइजेशनबाट सुमन तामाङ पनि उम्मेदवार रहेका छन् ।

यस क्षेत्रमा मुख्य गरी नेकपा एसका पाण्डे र नेकपा एमालेका त्रिपाठीबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ । पाण्डेलाई सत्ता गठबन्धनको साथ रहेको छ भने त्रिपाठीलाई राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थन गरेको छ ।

नेकपा एसका पाण्डे २०४३ सालदेखि धादिङको संसदीय राजनीतिमा देखिएका व्यक्ति हुन् । २०४३ का जनपक्षीय उम्मेदवार पाण्डेले २०६४ मा भएको पहिलो संविधानसभा निर्वाचनमा बाहेक सबै चुनावमा जित हासिल गरेका थिए ।

एमालेका त्रिपाठी दोस्रो पटक प्रतिनिधिसभाको निर्वाचनमा उत्रिएका हुन् । पाण्डे र त्रिपाठी २०७४ को निर्वाचनमा नेकपा एमालेका तर्फबाट निर्वाचित भएका थिए । यसपटक भने पाण्डे सत्तारुढ गठबन्धनबाट आफ्नै पुराना सारथीविरुद्ध प्रतिस्पर्धामा रहेका छन् ।

क्षेत्र नं २ को प्रतिनिधिसभामा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका जिल्ला सभापति एवं पूर्वसांसद रामनाथ अधिकारी र नेकपा एमालेबाट निवर्तमान सांसद खेमप्रसाद लोहनी मैदानमा उत्रिएका छन् । लोहनी २०७४ को निर्वाचनमा एमालेबाट विजयी भएका थिए ।

यस क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीले बसुमाया तामाङलाई उम्मेदवार बनाएको छ । त्यसैगरी नेपाली कांग्रेसबाट शंकर दर्जी, जनता समाजवादी पार्टीबाट मेकरमान तामाङ र मंगोल नेशनल अर्गनाइजेशनबाट धनमाया तामाङको उम्मेदवारी परेको छ ।

धादिङमा प्रदेशसभातर्फ क्षेत्र नम्बर १(क) मा सत्ता गठबन्धनको तफबाट नेपाली कांग्रेसका मदुकुमार श्रेष्ठ निर्वाचनमा उत्रिएका छन् । श्रेष्ठ २०७४ मा प्रदेशसभातर्फ राजेन्द्र पाण्डेसँग पराजित भएका थिए । तर यसपटक भने पाण्डे र श्रेष्ठ साथमा चुनावी मैदानमा रहने भएका छन् ।

त्यस्तै यस क्षेत्रमा एमालेले रमेश आचार्यलाई उम्मेदवार बनाएको छ । पार्टी केन्द्रले जबरजस्ती आचार्यलाई टिकट थमाएपछि एमालेका नेता नेत्रराज पौडेलले स्वतन्त्र उम्मेदवारी दिएका छन् । पौडेल र आचार्य एकापसमा भिड्दा यस क्षेत्रमा सत्ता गठबन्धन सजिर्लै जीत हासिल गर्ने योजनामा रहेको छ ।

त्यस्तै सत्ता गठबन्धनविरुद्ध यस क्षेत्रबाट माओवादी केन्द्रका ईश्वर कोइरालाले पनि स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

प्रदेशसभा १ (ख) मा सत्ता गठबन्धनले माओवादी नेता शालिकराम जमकट्टेललाई अघि सारेको छ । जमकट्टेललाई बाग्मति प्रदेशको भावी मुख्यमन्त्रीको रुपमा प्रस्ताव गर्दै भोट मागिरहेका छन् । जमकट्टेलसँग नेकपा एमालेका तर्फबाट इञ्जिनियर गजेन्द्र थपलिया भिडदैछन् ।

प्रदेशसभा २ (क) मा नेकपा एमालेले २०७४ मा विजयी पूर्वमन्त्री डा. रामकुमार अधिकारीलाई अघि सारेको छ । सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका गोविन्द लम्सालले अधिकारीसँग प्रतिस्पर्धा गर्दैछन् ।

धादिङ क्षेत्र नं २ प्रदेशसभा (ख) मा सत्ता गठबन्धनले माओवादी केन्द्रका जगतबहादुर सिम्खडालाई अघि सारेको छ । एमालेको समर्थनमा भने राप्रपाबाट डम्बर तामाङ मैदानमा उत्रिएका छन् ।