७ पुष २०८२, सोमबार
,
Latest
ठूला आयोजनाले अझै गति लिन सकेनन् देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने विदेशमा रहेका नेपाली नागरिक र अन्तरजिल्ला मतदानको व्यवस्था गर्न चार वटा ऐन संशोधन हुँदै अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी मनाइयो ७०औँ बार स्थापना दिवस हायु हत्या प्रकरणः दुई जनाको हत्या भएको पुष्टि, दुई जना पक्राउ प्रतिनिधिसभा निर्वाचनबारे निर्वाचन आयोगसहित दल र नागरिक प्रतिनिधिसँग छलफलमा सरकार म्याग्दीमा ‘कालाहारी बोयर’ जातको बाख्रा भित्रियो नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो साइकल चढनेहरू दिनप्रतिदिन घट्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिरोमा परी ९० भेडा बेपत्ता



sheep
अ+ अ-

कर्णाली । तिला गाउँपालिका–६ जुम्लाको भादना पाटनमा पर्ने पिच्छोर्नी खोलामा आएको पहिरोमा परी ९० भेडा बेपत्ता भएका छन् ।

खोला तार्ने क्रममा आएको बाढीसहितको पहिरोले उक्त गाउँपालिका–७ निवासी शेरबहादुर रोकायको ३२, लालबहादुर रोकायको ३२, खम्बिलाल रोकायको १२ र वडा नं ६ घोडे निवासी नरेन्द्र रोकायको १४ भेडा गरी ९० भेडा र एक कुकुर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक धर्मराज जोशीले जानकारी दिनुभयो ।

घटना चार दिनअघि भए पनि सदरमुकामबाट करिब ५० किलोमिटर टाढा भएकोले जानकारी पाउने बित्तिकै प्रहरी चौकी रारालिही जुम्लाबाट प्रहरी टोली पठाइएको उहाँले बताउनुभयो । सूचना अधिकारी जोशीका अनुसार प्रहरी टोली घटनास्थल पुग्दा पहिरो गएको स्थानदेखि २०–२५ मिटर तल खोला किनारमा १५ वटा भेडा बाख्रा मृत अवस्थामा फेला परेका थिए । अन्य भेडा र एक कुुकुर बेपत्ता भएकोले खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । रासस