१४ आश्विन २०८१, सोमबार
,
Latest
अस्थायी आवास निर्माणका लागि तत्काल सरकारले अनुदान उपलब्ध गराउने तुलसीपुरस्थित गौरीगाउँ ताल ओझेलमा म्याग्दीमा परम्परागत जौँ र उवाको व्यावसायिक खेती अवरुद्ध हेटौँडा–भैसे, सिमभन्याङ–पालुङ–नौबिसे, हेटौँडा–सिन्धुली–धरान चतरा सडक खुल्यो सिंहदरबारमा विपद् व्यवस्थापन कार्यकारिणी समितिको बैठक जारी बाढीपहिरो पीडितलाई एनआरएनएद्वारा रु एक करोड सहयोगको घोषणा राजमार्गमा खसेको ढुङ्गा हटाएपछि पृथ्वीराजमार्ग दुईतर्फी विद्युत् सेवा अवरुद्ध हुँदा इलाम, पाँचथर र ताप्लेजुङ प्रभावित वर्षाजन्य विपद्: ललितपुरमा केयुकेएलको खानेपानी अवरुद्ध धादिङ र काभ्रेका सीडीओ फेरिए
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘महापुरुष’: हाँसो, रोदन, प्रेम र विद्रोहको पारिवारिक कथानक चलचित्र



अ+ अ-

काठमाडौँ । महजोडी अभिनित चलचित्र ‘महापुरुष’ हाँसो, रोदन, प्रेम र विद्रोहको पारिवारिक कथानक चलचित्र भएको जनाइएको छ ।

चलचित्र पत्रकार सङ्घ कास्कीद्वारा आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा चलचित्रका कलाकारहरूले प्रेम, घृणा, संवेदना, रोमान्स, विद्रोह आदि समावेश भएको पारिवारिक कथा महापुरुषमा चित्रण भएको सामूहिक अभिव्यक्ति दिनुभयो ।

अभिनेता एवं वरिष्ठ हास्य कलाकार हरिवंश आचार्यले महापुरुषमा समूहकार्य राम्रो भएको बताउँदै चलचित्र उत्कृष्ट बनेको दाबी गर्नुभयो । कथावस्तुसँगै प्रत्येक कलाकारको जीवन्त अभिनय भएको उल्लेख गर्दै उहाँले चलचित्रलाई आम सर्वसाधारणले मनपराउने विश्वास व्यक्त गर्नुभयो ।

अभिनेत्री गौरी मल्लले सामाजिक विषयवस्तुलाई चलचित्रले प्रस्तुत गरेको बताउनुभयो । वरिष्ठ कलाकार राजाराम पौडेलले अघिल्लो पुस्तादेखि पछिल्लो पुस्ताका कलाकारको जीवन्त अभिनयले चलचित्रलाई उत्कृष्ट बनाएको बताउनुभयो ।

चलचित्रका नायक अरुण क्षेत्री र नायिका अञ्जना बराइलीले अत्यन्त मेहनतका साथ चलचित्र तयार भएको भन्दै यसलाई आम दर्शकको साथ मिल्ने विश्वास व्यक्त गर्नुभयो ।

चलचित्रका निर्माता रवीन्द्रसिंह बानियाले लगभग रु तीन करोडको लागतमा चलचित्र तयार बनेको बताउँदै काठमाडौँको मध्यमवर्गीय परिवारको कथालाई चलचित्रमा समेटिएको जानकारी दिनुभयो । आगामी कात्तिक ११ गतेदेखि चलचित्र प्रदर्शनमा आउने उहाँले जानकारी दिनुभयो ।