१९ भाद्र २०८३, शुक्रबार
,
Latest
नेपालले जलवायु न्याय खोज्ने अन्तर्राष्ट्रिय प्लाटफर्म कस्ता छन्ः यसो भन्नुहुन्छ जलवायु वित्त विज्ञ राजु पण्डित… कृष्णभीरमा पृथ्वीराजमार्गको नयाँ ट्रयाक खोल्न थालियो गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै जलवायु सङ्कटसँग जुध्न विकासशील मुलुकलाई थप वित्तीय तथा प्राविधिक सहयोग आवश्यकः एलडिसी त्रिशूली–३ ‘ए’ सुरुङबाट उद्धार गरिएका दुई जनालाई हेलिकप्टरमार्फत काठमाडौं पठाइयो पिकलबल विश्वकपमा नेपाललाई ऐतिहासिक कास्य, दावा सोनाम शेर्पाले रचे इतिहास भाद्र कृष्ण अष्टमीः बिहानैदेखि देशभरका श्रीकृष्णमन्दिरमा भक्तजनको लाम साल्ट ट्रेडिङद्वारा विपद् प्रभावितका लागि रु ६० लाख सहयोग भोटेकोशी बाढी प्रभावित व्यवसायीका लागि पुनरुत्थान प्याकेज स्वागतयोग्य : नाडा यी हुन् आजका अवरुद्ध प्रमुख राजमार्ग
तपाईं के खोज्दै हुनुहुन्छ ?

मकवानपुरमा डेङ्गुका बिरामी चार हजार भन्दा बढी



अ+ अ-

बागमती । बागमती प्रदेशको राजधानी हेटौँडासहित मकवानपुर जिल्लामा गत साउनदेखि हालसम्म डेङ्गुको सङ्क्रमणबाट चार हजार एक सय ३१ जना बिरामी भएका छन् ।

मकवानपुर जिल्लामा सबैभन्दा बढी हेटाँैडा उपमहानगरपालिमा डेङ्गुका बिरामी रहेको जनस्वास्थ्य कार्यालय मकवानपुर हेटौँडाले जनाएको छ । हेटौँडा उपमहानगरपालिकामा हालसम्म तीन हजार चार सय ७५ जनामा डेङ्गुको सङ्क्रमण भएको सो कार्यालयले जनाएको छ ।

जिल्लाको मनहरी गाउँपालिका, थाहा नगरपालिका र मकवानपुरगढीमा पनि डेङ्गुका बिरामी बढी रहेको जनाइएको छ । डेङ्गुका बिरामी बढेसँगै हेटौँडा अस्पताल, निजी क्लिनिक तथा नर्सिगं होममा बिरामीको चाप अत्यधिक रहेको छ ।

डेङ्गुका गम्भीर बिरामीलाई भरतपुर तथा काठमाडौँका अस्पतालमा पठाउने गरिएको छ ।
एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट हुने डेङ्गु सार्ने लामखुट्टे ग्रामीण क्षेत्रभन्दा बढी सहरी क्षेत्रमा पाइने गरेको छ । डेङ्गु हँुदा उच्च ज्वरो आउने, टाउको दुख्ने, वान्ता हुने, आँखामाथिको भाग दुख्नेलगायतका समस्या देखिन्छ ।