काठमाडौँ । दाङमा एउटै खाडलमा पुरिएको अवस्थामा किशोर–किशोरीको शव भेटिएको छ ।
तुलसीपुर उपमहानगरपालिका–१३ दमार गाउँका स्थानीय १४ वर्षीय शरद आचार्य र १५ वर्षकी रोशनी महतराको शव नजिकैको जंगलमा एउटै खाडलमा पुरिएको अवस्थामा फेला परेको हो ।
स्रोतका अनुसार उनीहरु तीन दिनअघि साँझ घरबाट हराएका थिए । घटना शंकास्पद रहेको र थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।