• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo
Latest
★   साङ्गीतिक चलचित्र ‘हिरुलालः द सोल अफ कर्णाली’ सार्वजनिक ★   पूर्वप्रदेशसभा सदस्य यादव पुर्पक्षका लागि जेल चलान ★   एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै, केहीबेरमै प्रधानमन्त्रीलाई बुझाइने ★   काखीमुनि प्वाल पारेर मुटुको भल्ब परिवर्तन ★   कोपा अमेरिकाको क्वाटरफाइनल समीकरण पूरा, कुन–कुन टिम पुगे अन्तिम आठमा ? ★   नागढुंगा–नौबिसे सडक दुई रात बन्द हुने, वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध ★   नरबहादुर चन्द, जसले सुदूरपश्चिममा हकी स्थापित गराए ★   लोसपाले कांग्रेस–एमाले गठबन्धनलाई समर्थन गर्ने ★   नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार ★   हरेक निर्वाचन क्षेत्रमा कम्तिमा ३ र बढीमा ४ योजनामा बजेट विनियोजन गर्नेगरी नीति बनाउनुपर्छः भगवती…

सत्तारुढ गठबन्धनलाई नै आम मतदाताले विजयी गराउनुपर्ने – अध्यक्ष नेपाल(भिडीयोसहित)



काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सत्तारुढ गठबन्धनलाई नै आम मतदाताले विजयी गराउनुपर्ने बताउनु भएको छ ।

सत्तारुढ गठबन्धनकै भविष्य रहेकाले आम मतदाताले सोही गठबन्धनलाई आगामी निर्वाचनमा विजयी गराउनुपर्ने उहाँको भनाई थियो । आईतबार काठमाडौंमा आयोजित ‘सत्तारुढ गठबन्धनका काठमाडौं क्षेत्र नम्बर–२ का प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारको परिचय तथा निर्वाचन परिचालन समिति घोषणा सभा’ कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले धरापमा परिसकेको संविधान र लोकतन्त्रलाई रक्षा गरेर सत्तारुढ गठबन्धनले मुलुकलाई ठूलो दुर्घटनाबाट जोगाएकाले पनि जनताले गठबन्धनमा आवद्ध दलका उम्मेदवारहरुलाई जिताउनुपर्ने तर्क समेत गर्नु भयो ।

उहाँले भोलीको भविष्य पनि सत्तारुढ गठबन्धनको नै भएकाले त्यसका नेताहरुले आफूहरुको समस्या समाधान गर्न सक्छन भनेर विश्वास गर्न पनि आम मतदातालाई आग्रह गर्नु भयो । उहाँले सत्तारुढ गठबन्धनमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा बाहेकका नेताहरु पनि भविष्यका प्रधानमन्त्रीहरु भएको उल्लेख गर्दै उनीहरुको पक्षमा मतदान गर्नपर्ने बताउनु भयो ।

अध्यक्ष नेपालले भन्नु भयो, ‘गठबन्धन दललाई तपाईहरुले विजयी गराउनु पर्दछ । धेरै लामो व्याख्या गर्नुपर्ने आवश्यक्ता छैन । हामीले मुलुकलाई निकै ठूलो दूर्घटनाबाट बचाएका छौं । संविधाननै धरापमा परिसकेको थियो । लोकतन्त्र नै धरापमा पर्ने अवस्था भईसकेको थियो । पटकपटक धरापमा परेको संविधानलाई जोगाउने कुरामा यो बाम–लोकतान्त्रिक गठबन्धनले महत्वपूर्ण भूमिका खेल्यो । त्यसमा निम्ति तपाईहरुले यी सबै नेताहरुलाई धन्यवाद दिनु पर्दछ । र, गठबन्धनमा सामेल भएका पार्टीहरुलाई पनि, जुन पार्टीका कार्यकर्ताहरुले मेचीदेखि महाकालीसम्म प्रतिगमनका विरुद्धमा तरंग पैदा गर्नु भएको थियो । जनतालाई जागृत गर्नु भएको थियो । उत्प्रेरित गर्नु भएको थियो । जसको प्रभावबाट सर्वोच्च अदालतले बडो राम्रो फैसला गर्यो ।

प्रतिनिधिसभाको पुनस्थापना भयो । र, मुलुक त्यसपछि ठिक बाटोमा अगाडि बढन थाल्यो । फेरी पनि बक्रदृष्टि प¥यो । त्यसलाई फेरी सामना गर्नुपर्यो । बल्ल अहिले मुलुक एउटा अवस्थामा अगाडि बढिरहेको छ । भोलीको निम्ति फेरी पनि खतरा विद्यमान छ । बानि बिग्रिसकेपछि सुध्रिन धेरै गाह्रो हुन्छ । विचार र मान्यताहरु खोटपूर्ण भईसकेपछि देश सही दिशामा अगाडि जान सक्दैन । देशले लोकतन्त्रको माग गरेको छ । देशको अधिनायकको माग गरेको होइन । देशले निरंकुशताको माग गरेको होइन । सर्वसत्ताको काम गरेको होइन । हामी सर्वसत्तावादको विरुद्धमा छौं । लोकतान्त्रिकरणको पक्षमा छौं । जनअधिकारको पक्षमा छौं । र, हामी देश विकासको पक्षमा रहेका छौं । जनताको अधिकारको पक्षमा रहेका छौं । त्यसो हुनाले संविधानले जुन मान्यताहरु अगाडि सारेको छ । ती सबै मान्यताहरुलाई हामीले व्यबहारमा उतार्नुपर्ने आवश्यक्ता छ ।

यहाँ यस निर्वाचन क्षेत्रसँग जोडिएका विषय बस्तुका बारेमा हाम्रो उम्मेदवारहरुले आफ्नो प्रतिवद्धता व्यक्त गरिसक्नु भएको छ । जनताका चाहनाहरु, मागहरु, विकासका आकांक्षाहरु, काममा हुने गरेका ढिलाईहरु, विकास निर्माणमा रहेका अवरोधहरु, यी सबै कुराहरुको सन्दर्भदेखि लिएर, अनेक विषयहरुको बारेमा उम्मेदवारहरुले पूरा गर्नका लागि जुन हिसावले कुरा गर्नु भएको छ । अनुकूलता के छ भने भोली पनि भविष्य गठबन्धन दलकै छ । र, गठबन्धनमा रहेका महत्वपूर्ण नेताहरु र पार्टी भईसकेपछि हल गर्न नसकिने केही पनि छैन । त्यसकारण तपाईहरु उहाँसँग विश्वस्त भए हुन्छ ।

सँगसँगै केन्द्रबाट, मन्त्रीपरिषद्बाट अनेक खालका कानुनी अवरोधहरु आउलान, त्यसलाई हल गर्नका लागि पनि हाम्रो वर्तमान प्रधानमन्त्री त छँदै हुनुहुन्छ । भविष्यका प्रधानमन्त्रीहरु पनि यही छन भन्ने पनि सबैको ध्यान जानुपर्ने आवश्यक्ता पर्छ । त्यसो भयो भने तपाईहरु यस निर्वाचन क्षेत्र नम्बर २ मा यो वास्तवमा हुनुपर्ने क्षेत्र नम्बर १ हो । तर, २ पारियो । म ब्याख्या गर्न चाहन्न किन पारियो भनेर । प्रकाशमानजीको क्रिपाले गर्दा यो २ नम्बर हुन पुग्यो । जे भएपनि यसमा दुईवटा नगरपालिका छन् ।’‘विकास निर्माणप्रति हामी प्रतिवद्ध छौं । देशको स्वाभिमानमाथि उठाउन चाहन्छौं । जनताको अधिकार हामी सुनिश्चित गर्न चाहन्छौं । अधिकार सम्पन्न बनाउन चाहन्छौं । ’

अध्यक्ष नेपालले निर्वाचनमा विजयी हुने गरी क्रियाशील हुन पनि सत्तारुढ गठबन्धनमा आवद्ध दलका नेता, कार्यकर्तालाई सचेत गराउनु भयो । मुलुकको स्वाभिमानलाई उचो राक्न र जनताको अधिकारलाई सुनिश्चित गर्न पनि सत्तारुढ गठबन्धनलाई आगामी निर्वाचनमा विजयी गराउनुपर्ने उहाँको भनाई थियो ।