९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar मकवानपुरको सिमातखोलाले बगाउँदा स्याङ्तानको मृत्यु News Polar महिला कबड्डीमा नेपाललाई कम्तीमा कांस्य पदक पक्का News Polar बालेनको राष्ट्रसंघ सम्बोधनको अन्तरवस्तु र प्रस्तुती सही छ : बाबुराम भट्टराई News Polar ‘राष्ट्रसंघमा जलवायु न्यायको मुद्दा उठाउनु सकारात्मक, अब देशभित्र गृहकार्य आवश्यक’ News Polar बालेनको राष्ट्रसंघ सम्बोधनबारे बाँस्कोटा : ‘देशको भावना बोले’ News Polar यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल News Polar लगातार वर्षापछि तीन राजमार्गमा यातायात रोक, त्रिभुवन राजपथ सुचारु News Polar शाहको राष्ट्रसंघ सम्बोधनलाई योगेश भट्टराईले दिए सकारात्मक प्रतिक्रिया News Polar वर्षाको जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कतासहित तयारी अवस्थामा छौँः मन्त्री मेहता News Polar परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता News Polar कालीगण्डकी करिडोर अवरुद्ध News Polar पहिरोले कान्ति लोकपथ अवरुद्ध News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द News Polar एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री News Polar नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

सत्तारुढ गठबन्धनलाई नै आम मतदाताले विजयी गराउनुपर्ने – अध्यक्ष नेपाल(भिडीयोसहित)

सत्तारुढ गठबन्धनलाई नै आम मतदाताले विजयी गराउनुपर्ने – अध्यक्ष नेपाल(भिडीयोसहित)
अ अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सत्तारुढ गठबन्धनलाई नै आम मतदाताले विजयी गराउनुपर्ने बताउनु भएको छ ।

सत्तारुढ गठबन्धनकै भविष्य रहेकाले आम मतदाताले सोही गठबन्धनलाई आगामी निर्वाचनमा विजयी गराउनुपर्ने उहाँको भनाई थियो । आईतबार काठमाडौंमा आयोजित ‘सत्तारुढ गठबन्धनका काठमाडौं क्षेत्र नम्बर–२ का प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारको परिचय तथा निर्वाचन परिचालन समिति घोषणा सभा’ कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले धरापमा परिसकेको संविधान र लोकतन्त्रलाई रक्षा गरेर सत्तारुढ गठबन्धनले मुलुकलाई ठूलो दुर्घटनाबाट जोगाएकाले पनि जनताले गठबन्धनमा आवद्ध दलका उम्मेदवारहरुलाई जिताउनुपर्ने तर्क समेत गर्नु भयो ।

उहाँले भोलीको भविष्य पनि सत्तारुढ गठबन्धनको नै भएकाले त्यसका नेताहरुले आफूहरुको समस्या समाधान गर्न सक्छन भनेर विश्वास गर्न पनि आम मतदातालाई आग्रह गर्नु भयो । उहाँले सत्तारुढ गठबन्धनमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा बाहेकका नेताहरु पनि भविष्यका प्रधानमन्त्रीहरु भएको उल्लेख गर्दै उनीहरुको पक्षमा मतदान गर्नपर्ने बताउनु भयो ।

अध्यक्ष नेपालले भन्नु भयो, ‘गठबन्धन दललाई तपाईहरुले विजयी गराउनु पर्दछ । धेरै लामो व्याख्या गर्नुपर्ने आवश्यक्ता छैन । हामीले मुलुकलाई निकै ठूलो दूर्घटनाबाट बचाएका छौं । संविधाननै धरापमा परिसकेको थियो । लोकतन्त्र नै धरापमा पर्ने अवस्था भईसकेको थियो । पटकपटक धरापमा परेको संविधानलाई जोगाउने कुरामा यो बाम–लोकतान्त्रिक गठबन्धनले महत्वपूर्ण भूमिका खेल्यो । त्यसमा निम्ति तपाईहरुले यी सबै नेताहरुलाई धन्यवाद दिनु पर्दछ । र, गठबन्धनमा सामेल भएका पार्टीहरुलाई पनि, जुन पार्टीका कार्यकर्ताहरुले मेचीदेखि महाकालीसम्म प्रतिगमनका विरुद्धमा तरंग पैदा गर्नु भएको थियो । जनतालाई जागृत गर्नु भएको थियो । उत्प्रेरित गर्नु भएको थियो । जसको प्रभावबाट सर्वोच्च अदालतले बडो राम्रो फैसला गर्यो ।

प्रतिनिधिसभाको पुनस्थापना भयो । र, मुलुक त्यसपछि ठिक बाटोमा अगाडि बढन थाल्यो । फेरी पनि बक्रदृष्टि प¥यो । त्यसलाई फेरी सामना गर्नुपर्यो । बल्ल अहिले मुलुक एउटा अवस्थामा अगाडि बढिरहेको छ । भोलीको निम्ति फेरी पनि खतरा विद्यमान छ । बानि बिग्रिसकेपछि सुध्रिन धेरै गाह्रो हुन्छ । विचार र मान्यताहरु खोटपूर्ण भईसकेपछि देश सही दिशामा अगाडि जान सक्दैन । देशले लोकतन्त्रको माग गरेको छ । देशको अधिनायकको माग गरेको होइन । देशले निरंकुशताको माग गरेको होइन । सर्वसत्ताको काम गरेको होइन । हामी सर्वसत्तावादको विरुद्धमा छौं । लोकतान्त्रिकरणको पक्षमा छौं । जनअधिकारको पक्षमा छौं । र, हामी देश विकासको पक्षमा रहेका छौं । जनताको अधिकारको पक्षमा रहेका छौं । त्यसो हुनाले संविधानले जुन मान्यताहरु अगाडि सारेको छ । ती सबै मान्यताहरुलाई हामीले व्यबहारमा उतार्नुपर्ने आवश्यक्ता छ ।

यहाँ यस निर्वाचन क्षेत्रसँग जोडिएका विषय बस्तुका बारेमा हाम्रो उम्मेदवारहरुले आफ्नो प्रतिवद्धता व्यक्त गरिसक्नु भएको छ । जनताका चाहनाहरु, मागहरु, विकासका आकांक्षाहरु, काममा हुने गरेका ढिलाईहरु, विकास निर्माणमा रहेका अवरोधहरु, यी सबै कुराहरुको सन्दर्भदेखि लिएर, अनेक विषयहरुको बारेमा उम्मेदवारहरुले पूरा गर्नका लागि जुन हिसावले कुरा गर्नु भएको छ । अनुकूलता के छ भने भोली पनि भविष्य गठबन्धन दलकै छ । र, गठबन्धनमा रहेका महत्वपूर्ण नेताहरु र पार्टी भईसकेपछि हल गर्न नसकिने केही पनि छैन । त्यसकारण तपाईहरु उहाँसँग विश्वस्त भए हुन्छ ।

सँगसँगै केन्द्रबाट, मन्त्रीपरिषद्बाट अनेक खालका कानुनी अवरोधहरु आउलान, त्यसलाई हल गर्नका लागि पनि हाम्रो वर्तमान प्रधानमन्त्री त छँदै हुनुहुन्छ । भविष्यका प्रधानमन्त्रीहरु पनि यही छन भन्ने पनि सबैको ध्यान जानुपर्ने आवश्यक्ता पर्छ । त्यसो भयो भने तपाईहरु यस निर्वाचन क्षेत्र नम्बर २ मा यो वास्तवमा हुनुपर्ने क्षेत्र नम्बर १ हो । तर, २ पारियो । म ब्याख्या गर्न चाहन्न किन पारियो भनेर । प्रकाशमानजीको क्रिपाले गर्दा यो २ नम्बर हुन पुग्यो । जे भएपनि यसमा दुईवटा नगरपालिका छन् ।’‘विकास निर्माणप्रति हामी प्रतिवद्ध छौं । देशको स्वाभिमानमाथि उठाउन चाहन्छौं । जनताको अधिकार हामी सुनिश्चित गर्न चाहन्छौं । अधिकार सम्पन्न बनाउन चाहन्छौं । ’

अध्यक्ष नेपालले निर्वाचनमा विजयी हुने गरी क्रियाशील हुन पनि सत्तारुढ गठबन्धनमा आवद्ध दलका नेता, कार्यकर्तालाई सचेत गराउनु भयो । मुलुकको स्वाभिमानलाई उचो राक्न र जनताको अधिकारलाई सुनिश्चित गर्न पनि सत्तारुढ गठबन्धनलाई आगामी निर्वाचनमा विजयी गराउनुपर्ने उहाँको भनाई थियो ।