१९ भाद्र २०८३, शुक्रबार
,
Latest
चौलानी नदी आंशिक थुनिएकाबारे मुख्यमन्त्री भट्टको चासो, सतर्क रहन आग्रह म्याग्देमा व्यवसाय विस्तारसँगै आत्मनिर्भरता बढ्दै भोटेकोशी बाढीः त्रिशूली–३ ‘ए’ मा खोज तथा उद्धार जारी रसुवा बाढीः मधेसका ३१ जना सम्पर्कमा, १६७ अझै बेपत्ता एसियाली खेलकुदका खेलाडीलाई पहिलोपटक विमानस्थलमै ‘भीआईपी’ सुविधा भोटेकोशी बाढीपछि पर्यटन पुनरुत्थानका लागि क्षतिको विवरण संकलनदेखि वैकल्पिक सडक र नाका सञ्चालनसम्मको पहल कृष्ण जन्माष्टमीः कृष्ण मन्दिरका चारै ढोका खुला, विशेष आरती गरिँदै ‘सुरुङभित्र फसेकाको खोजीकार्य प्रभावकारी रूपमा भइरहेको छ’ ‘पहिरोले आंशिक थुनिएको चौलानी नदीको बहाब सामान्य’ श्रीकृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा पाटनको कृष्ण मन्दिरमा पूजाअर्चना
तपाईं के खोज्दै हुनुहुन्छ ?

थिमिमा ट्याक्सीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु



(सांकेतिक तस्बिर)
अ+ अ-

भादगाउँ । भक्तपुरको मध्यपुर थिमि नपा–६ बाहाखा भीमसेन चोकमा ट्याक्सीले मोटरसाइकललाई ठक्कर दिँदा चालकको मृत्यु भएको छ ।

सानो थिमीबाट निकोसेरातर्फ आउँदै गरेको बा १ ज ९०६० नं को ट्याक्सी र विपरीत दिशातर्फ गइरहेको बा ८३ प ५४४८ नं को मोटरसाइकल शनिबार राति एकापसमा ठक्कर दिँदा नुवाकोट घर भई हाल काठमाडौँको कपन बस्ने ३१ वर्षीय दिपेन्द्र पण्डितको मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर घाइते भएका पण्डितलाई उपचारका लागि थिमी कोरियन अस्पताल पठाइ थप उपचारका लागि माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पताल पठाइएकामा उपचारका क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु पाण्डेले बताउनुभयो ।

प्रहरीले ट्याक्सी चालक भक्तपुर नगरपालिका–१० बस्ने ३९ वर्षीय सुन्दर गोर्खालीसहित दुवै सवारीसाधन नियन्त्रणमा लिएको छ ।