२३ आश्विन २०८१, बुधबार
,
Latest
आज आश्विन शुक्ल सप्तमी : दशैं घरसहित घरघरमा फूलपाती भित्र्याइँदै दशैंको उल्लास, देशभर कहाँ के भइरहेको छ ? (फोटो फिचर) जग्गा, आवास व्यवस्था पुनरावलोकन गर्न कार्यदल गठन गायिका विष्णु माझीको स्वरमा ‘परदेशी मेरो परदेशी’ बोलको दशैं गीत सार्वजनिक अर्थमन्त्री पौडेलद्वारा उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगका पदाधिकारीलाई नियुक्ति पत्र प्रदान गौशालास्थित धर्मशाला संरक्षण गर्न खोज्दा प्रहरीले अबरोध गरेको भन्दै मेयर बालेनको आक्रोश भक्तपुरमा आज घरघरमा फूलपाती भित्र्याइयो प्रधानमन्त्री ओली र सभापति देउवाद्वारा ‘होलिडे इन रिसोर्ट’ को उद्घाटन टिकाभैरवका सय घरधुरी बाढी पीडितलाई राहत वितरण मोबाइलको लतबाट हटाउन बालबालिकालाई ‘फन पार्क’
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्र्याक्टर पल्टिँदा एकको मृत्यु



अ+ अ-

लहान । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको धनगढीमाई नगरपालिका–७ स्थित गागन खोला नजिकै आज बिहान ट्र्याक्टर पल्टिँदा एक युवकको मृत्यु भएको छ । 

नम्बर मेटिसकेका ट्र्याक्टर पल्टिँदा ट्र्याक्टरमा सवार सिरहाको गोलबजार नगरपालिका– ५ का ३० वर्षीय अरुण यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । यादव ट्र्याक्टर मजदुरको रुपमा काम गर्ने बताइएको छ । 

ट्र्याक्टर अनियन्त्रित भई पल्टिएको हुनसक्ने प्रहरीको अनुमान छ । ट्र्याक्टरका चालक र ट्र्याक्टर धनी फरार रहेकाले उनीहरुको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ । शव परीक्षणका लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।