९ असार २०८३, मंगलवार
,
Latest
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर सिक्टा नहरको पानीले २२ हजार हेक्टरमा सिँचाइ विश्वकप फुटबलः मेस्सीको दुई गोलको मद्दतमा अर्जेन्टिना नकआउट चरणमा जेलन्स्कीद्वारा बेलायतका प्रधानमन्त्री स्टार्मरको युक्रेन सहायताको प्रशंसा चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने लखनऊमा आगलागी हुँदा कम्तीमा १५ जनाको मृत्यु भरतपुर महानगरद्वारा रु पाँच अर्ब ५१ करोडको बजेट प्रस्तुत महाकाली पुलको गाइडबण्ड पुर्ननिर्माणमा सेनाको सक्रियता हेटौँडाका संस्थागत विद्यालयको कक्षा ११ मा पढ्ने २२२ जनालाई छात्रवृत्ति बाँकेमा आयुर्वेद उपचार पद्धतिप्रति आर्कषण बढ्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘प्रचण्डलाई मायाजालमा पारेर ओली खुत्रुक्क प्रधानमन्त्री बनेका हुन्’ (भिडियोसहित)



अ+ अ-

काठमाडौं । राष्ट्रिय सभा सदस्य रामनारायण विडारीले माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई मायाजालमा पारेर एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री बनेको आरोप लगाएका छन् ।

बुधबारको राष्ट्रिय सभा बैठकमा बोल्दै सांसद विडारीले प्रचण्डबिना ओलीले प्रधानमन्त्रीको यात्रा संभव नभएको बताएका हुन् ।

उनले भने ‘प्रचण्डलाई मायाजालमा पारेर ओली खुत्रुक्क प्रधानमन्त्री बनेको हुनाले त्यो मायाजालको कुरामै अलमलिए । प्रचण्ड मायाजालमा पर्नुभयो । यदी प्रचण्ड ओलीको मायाजालमा नपरेको भए ओलीजी यो संविधान जारी भएपछि कहिल्यैपनि प्रधानमन्त्री बन्नुहुँदैनथ्यो । यो ठोकुवा हो ।’

यस्तै देशमा माओवादी र जनयुद्ध भन्ने सशस्त्र विद्रोह नभएको भए विद्यादेवी भण्डारी राष्ट्रपति समेत नबन्ने दावी समेत गरे ।