२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अध्यक्ष गुरुङलाई देउवाको निर्देशनः लाग लाग उम्मेदवार जिताउन लाग



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तरुण दलका अध्यक्ष विद्वान गुरुङलाई गठबन्धनका उम्मेदवार जिताउने अभियानमा लाग्न निर्देशन दिनुभएको छ ।

सरकारी निवास बालुवाटारमा भेट्न पुगेका गुरुङलाई देउवाले यस्तो निर्देशन दिनुभएको हो । भेटमा गुरुङले नजिकिँदै गएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सम्पूर्ण तरुण शक्ति परिचालित गर्ने जानकारी गराउनुभएको थियो ।

केही दिनमै आफू देश दौडाहामा निस्किने बताउँदै उहाँले हरेक निर्वाचन क्षेत्रमा पुगेर उम्मेदवार जिताउन रणनीतिसहित अघि बढ्ने समेत जानकारी गराउनुभयो ।

यता, प्रधानमन्त्री देउवाले अध्यक्ष गुरुङलाई चुनाव जिताउन लाग्न निर्देशन दिनुभयो । देउवाले भन्नुभयो ‘लाग लाग उम्मेदवार जिताउन लाग ।’