२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागलुङ र गलकोट बालमैत्री नगर बन्दै



बागलुङ बजार
अ+ अ-

ढोरपाटन । बागलुङका दुई नगरपालिका बालमैत्री नगर बनाउने अभियानमा जुटेका छन् । बागलुङ नगरपालिका र गलकोट नगरपालिकाले जिल्लामा सबैभन्दा पहिले बालमैत्री पालिका बनाउन थालेका हुन् । गलकोट नगरपालिकाले गत वर्षदेखि अभियान सुरु गरेको थियो भने बागलुङ नगरपालिकाले चालू आर्थिक वर्षदेखि सुरु गरेको छ ।

नगरलाई बालमैत्री बनाउन विद्यालय तहबाटै अभियान सुरु गरेको बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटाले बताउनुभयो । उहाँले विद्यालय र स्वास्थ्य संस्थादेखि नै अभियान सुरु गरेको भन्दै स्थानीय शासन तथा बालमैत्री नगर बन्न आवश्यक ५१ सूचकमध्ये १२ वटा शिक्षा र १३ वटा स्वास्थ्य सूचकका लागि विद्यालय र स्वास्थ्यचौकी तहबाट काम थालिएको बताउनुभयो ।

समुदायमा पूरा गर्ने सूचकका लागि विभिन्न कार्यक्रम भइरहेको सापकोटाको भनाइ छ । उहाँ भन्नुहुन्छ, “बालमैत्री नगर निर्माणका लागि हाम्रो अभियान तीव्ररुपमा सचालन भइरहेको छ, बालमैत्री नगर बन्न आवश्यक ५१ सूचकमध्ये १२ शिक्षा र १३ स्वास्थ्य सूचकका लागि विद्यालय र स्वास्थ्यचौकी तहबाट हामीले काम सुरु गरेका छौँ ।”

नगरप्रमुख वसन्तकुमार श्रेष्ठ निर्वाचित भएर आएपछि कार्यभार सम्हाल्दा नै बागलुङ नगरपालिकालाई बालमैत्री नगर बनाउने उद्घोष गर्नुभएको थियो । श्रेष्ठले बागलुङ नगरपालिकाभित्र विद्यालय धेरै भएको हुँदा विद्यालय तहबाटै यो अभियान सफल हुने बताउनुहुन्छ । अभियान तीव्ररुपमा चलिरहेको हुँदा एक वर्षभित्रै बालमैत्री नगर घोषणा गर्न सकिने उहाँको भनाइ छ ।

“बालमैत्री नगर बनाउन चाहिने सूचकमध्ये केही हामीले पूरा गरिसकेका छौँ भने केही पूरा गर्ने तयारीमा छौँ, हाम्रा अभियान तीव्ररुपमा छ, यहाँ विद्यालय धेरै भएको हुँदा विद्यालयस्तरबाटै अभियान सुरु गरेका छौँ”, नगर प्रमुख श्रेष्ठले भन्नुभयो, “आगामी वर्षसम्म नगरलाई बालमैत्री नगर घोषणा गर्ने गरी काम भएको छ ।” बागलुङ नगरपालिकाभित्र ८८ सामुदायिक र १५ निजी गरी एक सय तीन विद्यालय छन् ।

गलकोट नगरपालिकाले पनि अभियानलाई तीव्र पारेको नगर प्रमुख भरत शर्मा गैरेले जानकारी दिनुभयो । उहाँले आवश्यक केही पूर्वाधार र समुदायस्तरबाट पूरा गर्ने सूचक मात्रै बाँकी बताउनुभयो । नगर प्रमुख गैरे भन्नुहुन्छ, “यो अभियान गत वर्षदेख सुरु गरेका हौँ, धेरै काम भएका छन्, अब केही काम बाँकी छन्, त्यो पनि चाँडै सक्नेछौँ र मङ्सिरसम्ममा बालमैत्री नगर घोषणा गर्छौं ।”

विद्यालयमा पुस्तकालय, खेलमैदान, शौचालय, धारालगायतका आवश्यक पूर्वाधार बालबालिकाको पहुँच पुग्नेगरी निर्माण भएको गलकोट नगरपालिकाका प्रवक्ता तथा वडा नं २ का अध्यक्ष र भण्डारीले बताउनुभयो ।

उहाँले विद्यालयको अचल सम्पत्ति संरक्षण गर्ने, अनिवार्य सूचना अधिकारी तोक्ने, प्रअको स्वीकृतिविना शिक्षक बाहिर नजाने, बालबालिकाको स्वास्थ्य, पूर्ण खोप, सरसफाइ र शुद्ध खानेपानीको व्यवस्थापनमा विद्यालय तहमै व्यवस्था गर्ने काम भइरहेको बताउनुभयो ।

यहाँका कही विद्यालयमा छात्रा महिनावारी हुँदा नुहाउने, कपडा फेर्ने र पर्याप्त सेनिटरी प्याड लगाउन पाउने गरी पूर्वाधार निर्माण भएर प्रयोगमा आइसकेको भण्डारीको भनाइ छ । उहाँका अनुसार गलकोट बालमैत्री नगर घोषणा गर्न थोरै काम मात्रै बाँकी छ । भण्डारी भन्नुहुन्छ, “बालमैत्री नगर बनाउने हाम्रो अभियान अन्तिम चरणमा पुगेको छ, असोज मसान्तमै गर्ने भन्ने थियो चुनावले गर्दा गर्न सकिएन, चुनावपछि गलकोटलाई बालमैत्री नगर घोषणा गछौँ ।”