२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुपन्देही २ का स्वतन्त्र उम्मेदवार डा कमल भुसाल पनि उम्मेदवारी खारेज विरुद्ध पुगे अदालत



अ+ अ-

काठमाडौँ । रुपन्देही क्षेत्र नम्बर २ का स्वतन्त्र उम्मेदवार डा कमल भुसाल पनि आफ्नो उम्मेदवारी खारेजीविरुद्ध अदालत पुगेका छन् ।

असोज २८ गते शुक्रबार भुसालले निर्वाचन आयोग लगायतलाई विपक्षी बनाई रिट निवेदन दर्ता गराएका हुन् । निर्वाचन अधिकृतको कार्यालयले राजु गुरुङसँगै उनको पनि उम्मेदवारी खारेज गरिदिएको थियो ।

आफ्नो उम्मेदवारी कायम नै रहनुपर्ने माग गर्दै दर्ता गरिएको रिट निवेदन आइतबार वरिष्ठतम् न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासमा परेको छ ।

निर्वाचन अधिकृतको कार्यालयले लाभको पद लिएको भनी भुसालको उम्मेदवारी खारेज गरेको थियो । तर डा भुसालले आफू एमडीमा अध्ययनरत रहेको र राज्यले निर्वाह भत्ता दिएको आधारमै लाभको पद लिएको भन्न नमिल्ने उनले बताएका छन् ।

एमडीमा अध्ययनरत रहेको कारण छात्रवृत्ति दिएको नभई अध्ययनसँगै काम पनि गर्नुपर्ने भएकाले काम वापतको निर्वाह भत्ता दिएको उनको जिकिर छ । त्यसलाई राज्यबाट लाभ लिएको भन्न नमिल्ने उनले रिट निवेदनमा उल्लेख गरेका छन् ।

बदनियतपूर्वक आफ्नो उम्मेदवारी खारेज गरेको भन्दै उनले निर्वाचन अधिकृतलाई समेत विपक्षी बनाई रिट दायर गरेका छन् ।

रुपन्देही २ मा नेकपा -एमाले_ का उपाध्यक्ष विष्णु पौडेलसमेत उम्मेदवार छन् । उनलाई विशेष फाइदा पुग्ने गरी निर्वाचन अधिकृतले नेकप (माओवादी केन्द्र) का राजु गुरुङ र डा भुसालको उम्मेदवारी खारेजगरेको आरोप लगाइएको छ ।