५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार

पिएसजी अजेय बन्ने या स्टारको जमघट

पिएसजी अजेय बन्ने या स्टारको जमघट
अ+ अ-

काठमाडौं । अर्जेन्टिना घर भए पनि बार्सीलोना नै घर सरह बनाएका लियोनेल मेसीको यो साइनो टुटेको छ । त्यहीँ बार्सीलोना जहाँ उनले फुटबल सिके, अनि त्यहीँबाट आफूलाई प्रस्फुटित गराए । त्यत्ति मात्र होइन सफलता पनि त्यहीँको क्लबलाई दिलाए । तीनै मेसी यो साता आफ्ना पुराना साइनो भत्काउँदै पेरिस सेन्ट जर्मन ९पिएसजी०मा आइपुगेका छन् । एउटा यस्तो संयोग रह्यो की, कुनै समय बार्सीलोनामै उनीसँग रमाइ रहेका नेइमार पनि अहिले त्यही पिएसजीमा आबद्ध छन् ।

अनि, विश्वकप फुटबल २०१८ का एउटा नायक कायलेन एमबापे त त्यहाँ पहिले देखि नै  थिए । यी नै तीन स्टारको संयोग पिएसजीमा अहिले देखिएको छ । युरोपका एक से एक महारथी शक्ति भन्दा पृथक् फ्रान्सको यो क्लबमा यत्ति धेरै स्टारको जमघटले धेरैलाई आश्चर्यमा पनि पारेको हुन सक्छ । नेइमार र एमबापेको साथमा मेसी सहितको पिएसजीले कत्ति सफलता पाउँछ त्यो हेर्न बाँकी छ । परन्तु यो इतिहासकै एक उत्कृष्ट फुटबल टोली भएको चर्चा गर्नेको पनि कमी छैन । यस टोलीले गर्ने प्रदर्शन पछि नै यसको लेखा जोखा होला । यस भन्दा अघि पनि केही यस्ता बलिया टोली थिए, जसको प्रदर्शन कै आधारमा तिनीहरूको चर्चा सधैँ हुने गरेको छ । 

सन् १९४१ देखि ४७ को बिचमा अर्जेन्टिनामा भएका कुनै पनि फुटबलमा रिभर प्लेटले पराजयको सामना गरेन । हुवाँ कार्लोस मुनोज, जोसे मानुएल मोरेनो, अडल्फ पेरेनेरा र फेलीक्स लास्टाउ सहितको त्यो टोलीको आक्रमणलाई रोक्न जो कोहीलाई हम्मे पर्ने गरेको थियो । १९५५ देखि १९६० को समयको रियल म्याड्रिड यस्तै अजेय शक्ति थियो । यस समयमा रियलले लगातार पाँच पटक युरोपियन कप जितेको थियो । लगातार पाँच वर्ष भन्दा बढी समय खेलेको हरेक खेलमा विजय हात पारेको सो टोलीमा फ्लोरेन्स पुस्कास र अल्फ्रेडो डे स्टेफानो सहित फ्रान्सिस्को गेन्टो समावेश थिए । 

जसरी, विश्व फुटबलको कुनै एउटा अध्यायको खोजी गर्दा उरुग्वे एउटा महत्त्वपूर्ण शक्ति थियो, यसै गरी, उरुग्वेको पेनोरल संसारकै यस्तै बलियो फुटबल शक्ति मानिन्थ्यो । १९५८ देखि १९६२ को बिचमा यस क्लबले पाँच पटक राष्ट्रिय च्याम्पियनसिप, दुई पटक लीबरटाडारेस उपाधि र १९६१ मा इन्टर कन्टीनेन्टल कपको उपाधि जितेको थियो । १९६२ मा अर्को दक्षिण अमेरिकी क्लब सान्टोसले यसलाई विस्थापित गर्दै शक्तिको रूपमा  उदाएको हो । इक्वेडरका अल्बर्टो स्पेन्सर र पेलेको जम्का भेटका कारण पेनोरल र सान्टोसको त्यो भिडन्तलाई इतिहासकै महत्त्वपूर्ण खेलको रूपमा हेरिएको थियो । 

त्यो समयमा हेडमा सबैभन्दा माहिर मानिने स्पेन्सरले पेनोरलका लागि खेलेका ५०० खेलमा ३०० गोल गरेका थिए । हुवाँ जोए र जासे सासीयाको साथ स्पेन्सरले पाए पछि यो टोली यत्ति बलियो बनेको थियो की १९६२ मा इसुबीयोको प्रभावमा रहेको बेनफीकाको विरुद्धमा सात गोल गर्दै इन्टरकन्टीनेन्टल कप जित्न भएको थियो ।
सान्टोसको प्रभाव भने एक वर्ष रहेको थियो । यो एक वर्षको बिचमा एक से फुटबलका महारथीहरू सान्टोसका अघि हार खाए । बेनफीका र एसी मिलानलाई लगातार दुई पटक हराउँदै सान्टोसले इन्टरकन्टीनेन्टल फुटबलको उपाधि जितेको थियो । सान्टोसको यो सफलतामा विश्व फुटबलकै महान् व्यक्तित्व पेले त छदै थिए, गीलमार र डिफेन्सीभ मिडफील्डर जीटोको उत्कृष्ट खेल समावेश थियो । 

ब्राजिलकै अर्को क्लब बोटा फागोको चर्चा सन् १९६२ देखि १९६६ को बिचमा थियो । स्टार फरवार्ड गारिन्चाका  साथमा मिडफील्डर डिडा, निल्टन सान्टोस र मारियो जागालोको कारण यो टोली उत्कृष्ट रहेको थियो । हेलेनीनो हेरेराको प्रशिक्षणमा रहेको इन्टर मिलान १९६० को दशकमा यत्तिकै बलियो मानिन्थ्यो । बलियो रक्षापक्तीका कारण गोल हनु नदिने यो क्लबको नयाँ नीति  सफल भएको थियो । यस क्लबको सफलता पछि फुटबलमा रक्षकहरूको महत्त्व बढी हुन थाल्यो । साथमा कम गोल हुन सुरु भएको थियो । स्पेनका लुइस सुवाँरेज , सान्ड्रो माजोला र जीयान्टो फाचेटी सो टोलीका प्रमुख खेलाडी थिए । 

सन् १९७४ देखि १९७६ को बिचमा लगातार तीन पटक बुन्डेसलीगाको उपाधि जित्ने वायरन म्युनिखलाई पनि शताब्दीको एउटा उत्कृष्ट फुटबल टोली मानिन्छ । यस बिचमा सो क्लबले चार युरोपेली उपाधि पनि जितेको थियो । फ्रेन्च बेकनबउर, गर्ड म्युलर र कार्ल हेन्च रुमिनेगे सहितको यो टोलीले स्थापित गरेको बायरनको साख अझ कायम छ । त्यो समय देखि अहिलेसम्म पनि वायरन म्युनिख जर्मनीको सबैभन्दा लोकप्रिय क्लबको रूपमा यथाबत रहेको छ  । ७० को दशकको लिभरपुल अर्को यसै खाले क्लब रहेको छ । सन् १९७४ देखि १९८३ सम्म यो क्लबको बेजोड पकड रहेको थियो । यो टोलीले ६ पटक प्रीमीयर लिग तीन पटक युरोपियन कप तथा एक पटक युइएफए कपको उपाधि जितेको थियो । केनी डालगीस, केभिन किगन र ग्रेम साउनेसको नाम अझै धेरैलाई याद पनि हुन सक्छ । 

सन् १९८० देखि १९८३ सम्म ब्राजिलको फ्लेमिंगो यसै खाले क्लब थियो । तीन पटक राष्ट्रिय च्याम्पियन भएको यो क्लबले यस बिचमा कोपा लिबरटाडारेस कप र इन्टरकन्टीनेन्टल कप पनि जितेको थियो । विश्व फुटबलका स्टार मिडफील्डर जिकोको प्रेरणामा विजयी यात्रा अघि बढाइरहेको यो क्लबमा जुनियर र अडीलो जस्तो रुड्रो नेग्रो एकेडेमीका उत्कृष्ट उत्पादन समावेश थिए । 
सन् १९८८ देखि १९९४ को बिच एसी मिलान यसै खाले शक्ति मानिन्छ । सङ्कटका बिच बेपारी सिलभीयो बेर्लुस्कोनीले क्लब लिए पछि स्टार डच स्टार फ्रान्क राइकार्ड, मार्को भान भास्टन र रुड गुलीटलाई समावेश गरिएको थियो ।

फ्रान्को बोरेसी, पावलो माल्डीनी, कार्लो एन्सेलोटी, माउरो टासाटी  र  अलेजान्द्रो कोस्टुकोर्टा सहितको यो टोलीको प्रदर्शन त कुरै नगरौँ । सन् १९९४ देखि १९९६ बिचको आयाक्सलाई अर्को बलियो टोलीको रूपमा व्याख्या गर्नेको पनि कमी छैन । लगातार दुई पटक युरोपियन कपको फाइनल पुग्नु मात्र ट ठुलो सफलता नहोला । तर, एकेडेमीको स्वरूपमा तयार यो क्लबका उत्पादनले विश्व फुटबलमा तहल्का भने मच्चाए । फ्रान्क डिबोयर, रोनाल्ड डि बोयर, एडगर डेभिड्स, मार्क ओभरमार्स, प्याट्रिक क्लुभर्ट जस्ता एकसेएक स्टार आयाक्सले उत्पादन गरेको थियो । 
इतिहासको त्यो महान् टोलीको शृङ्खलामा ९० को दशकको अन्त्यमा युभेन्ट्स पनि थपियो ।

जुन टोलीमा जिने दाने जिदान, अलेजान्द्रो डेल पियरो र सीरो फरेरा थिए । रियल म्याड्रिडले १९९९ देखि २००३ को बिचमा दुई पटक ला लीगा र दुई पटक युरोपेली उपाधि जित्यो । यस बिचमा त्यहाँ पनि स्टारको जमघट थियो । जिदानको साथमा रोनाल्डो, रोबर्टो कार्लोस, डेभिड बेकह्याम र राउल गोन्जालोज जस्ता स्टार रियल म्याड्रिडमा एकै पटक थिए । 
एलेक्स फर्गुसनको प्रशिक्षणमा म्यानचेस्टर युनाइटेडले सन् २००७ देखि २०११ को बिचमा यस्तै सफल यात्रा गरेको थियो । चार वर्षको बिचमा तीन प्रीमीयर लिग उपाधि तथा दोस्रो पटक च्याम्पियन्स

लिग उपाधि जित्ने यो टोलीमा रोनाल्डो, नेमान्जा भिडिक र पल स्कल्स मुख्य खेलाडी थिए । यस पछि बार्सीलोनाको नयाँ युगको सुरुवात भएको थियो । जहाँ एक से एक स्टार थिए । 
यी थिए सन् २०१० भन्दा अघिका कुरा । २०१० को दशकको फुटबल इतिहास सायद मेसीकै सेरोफेरोमा घुम्ने छ । २०२० को दशक कता जाने छ रु के पिएसजी पनि यस्तै अजेय शक्ति हुने छ या स्टार खेलाडीको जमघट मात्र हुने छ, त्यो हेर्न भने प्रतीक्षा नै गर्नु पर्ने हुन्छ  ।