५ पुष २०८२, शनिबार
,
Latest
मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण भएनः योगेश भट्टराई एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान परिवर्तन चाहने शक्तिहरू एकैठाउँमा ल्याउन परे सभापति पद त्याग्न तयार छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

मनसुन बाहिरिँदै



अ+ अ-

काठमाडौं । यस वर्षको मनसुन आजबाट क्रमशः बाहिरिँदै गएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले मनसुन बहिर्गमनसम्बन्धी विशेष मनसुन बुलेटिन निकालेर देशको प्रदेश नं १ बाहेकका प्रदेशबाट मनसुन बाहिरिएको जनाएको हो ।

‘गत जेठ २२ गते नेपालको पूर्वी भू–भागबाट प्रवेश गरेको यस वर्षको मनसुन आजदेखि नेपालको सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र मधेश प्रदेशको पश्चिमी भू–भागबाट बाहिरिएको छ’, जारी बुलेटिनमा भनिएको छ । नेपालको बाँकी भू–भागबाट मनसुन बहिर्गमन हुन अझै केही दिन लाग्ने सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।

सरदरमा अक्टोबर २ तारिखका दिन नेपालबाट बाहिरिने मनसुन, यस वर्ष औसत मितिभन्दा केही दिन ढिलो गरी बहिर्गमन हुन सुरु भएको छ । मौसम पूर्वानुमान महाशाखाले आवश्यकताअनुसार विशेष मौसम बुलेटिन अद्यावधिक गर्ने पनि जनाएको छ ।रासस