• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   वरिष्ठ आर्थिक पत्रकार बुढाथोकीलाई ‘मिडिया प्वाइन्ट सम्मान’ प्रदान ★   एमाले र रास्वपाबीच सहकारी र गिरिबन्ध टिस्टेट प्रकरणमा मिलेर जाने सहमति छ: गगन थापा ★   गृहमन्त्री लामिछानेले संसदमा दिएको अभिव्यक्ति टेलिभिजन प्रश्तोताका जस्तो भयो: गगन थापा ★   प्रतिनिधिसभा बैठक भोलि बस्नेगरी स्थगित ★   सहकारी प्रकरणमा मेरो कुनै संलग्नता छैनः रवि लामिछाने ★   ‘अर्को दलको सांसदलाई सदनमा बोल्न दिने कि नदिने निर्णय गर्नु कुन लोकतन्त्र हो ?’ ★   कांग्रेसलाई चेतावनी दिँदै रविले भने – तपाईँको गनगनले मात्र देश चल्दैन, झुटा मुद्दाले म डराउँदिन ★   प्रतिनिधिसभा बैठक जारी ★   दोषी करार गर्ने ढंगले काँग्रेसले ल्याएको प्रस्ताव मान्य हुँदैन: शिशिर खनाल ★   गृहमन्त्री लामिछानेलाई छानविनको दायरामा ल्याउनुपर्ने काँग्रेसको अडान यथावत

‘कलिङ साहित्यिक महोत्सव काठमाडौँ’ सुरु



काठमाडौँ । राजधानीमा आजबाट दुई दिने ‘कलिङ साहित्यिक महोत्सव काठमाडौँ’ सुरु भएको छ । ११औँ संस्करणमा अन्तर्राष्ट्रियरुपमा नेपालमा पहिलो पटक आयोजना भएको महोत्सवमा नेपाल र भारतका प्रसिद्ध साहित्यकारहरूको सहभागिता रहेको छ ।

महोत्सवको उद्घाटन गर्दै नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा। जगमान गुरुङले कलिङ्गका युद्ध विजेता सम्राट अशोक हुँदै पछिल्ला पुस्ताका श्रष्टाहरुले दुई देशको सभ्यतालाई जोडन गरेको योगदानको विषयमा चर्चा गर्नुभयो । “भारतको सरस्वती नदीले बनाएको सभ्यता लोप भए पनि नेपालमा बागमती सभ्यता अझै कायम छ । बाराको गढीमाईसहित नेपालका विभिन्न स्थानसँग भारतको संस्कृतिको सम्बन्ध छ । दुई देशको साहित्यिक सम्बन्ध अझ बढाउने विश्वास छ”,उपकुलपति गुरुङले बताउनुभयो ।

महोत्सवमा सहभागी हुन भारतबाट आउनुभएका कवि अशोक वाजपेयीले नयाँ प्रविधिसँगै बजारशक्ति, धर्मशक्ति आदिले साहित्य संस्कृतिमा पु¥याइरहेको क्षतिको चर्चा गर्नुभयो । “ठूलो जमातले बोल्ने भाषाले साना भाषालाई अतिक्रमण गरिरहेको छ । साहित्यले समाजलाई धेरै कुरा सिकाउने भएकाले सृजनामा निरन्तरता दिन श्रष्टालाई अनुरोध छ”, कवि वाजपेयीले भन्नुभयो ।

महोत्सव निर्देशक रञ्जना निरौलाले नेपाल भारतको साहित्य तथा संस्कृति आदनप्रदानमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । संस्थापक अध्यक्ष रश्मीरञ्जन परिताले संस्कृतबाट आएको नेपाली र हिन्दी भाषालाई संरक्षण गर्नको लागि यसपटकबाट नेपालमा साहित्यकाहरुलाई एकै थलोमा ल्याएर दुई देशको संस्कृति, भाषा र साहित्यबारे बहसको थालनी गरेको बताउनुभयो ।

समारोहमा यसैवर्षबाट सुरु भएको यशस्वी साहित्य सम्मानबाट नेपालबाट वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशी र भारतबाट कवि अशोक वाजपेयीलाई जनही रु। ५० हजार सहित सम्मान गरिएको छ । शताब्दीपुरुष जोशी अस्वस्थताको कारण समारोहमा उपस्थित हुन सक्नुभएन ।

यशस्वी प्रज्ञा प्रतिष्ठान, हिमालयन डायरी प्रालि, राष्ट्रिय साहित्य प्रतिष्ठान र नेपाल कलिङ लिटरेचर फेस्टिभलको सहकार्यमा महोत्सवमा कथाकार माया ठकुरी, अग्रज पत्रकार कनकमणि दिक्षित र कवि दिनेश अधिकारी सहित दुईसयको सहभागी रहेको आयोजकले जनाएको छ । रासस