• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo

प्रिमियर लिगः ब्रेन्टफोर्डद्वारा ब्राइटन पराजित



एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत ब्रेन्टफोर्डले सहज जित निकालेको छ । गएराति भएको खेलमा ब्रेन्टफोर्डले ब्राइटनलाई २–० गोलले पराजित गरेको हो ।

घरेलु मैदानमा ब्रेन्टफोर्डलाई जित दिलाउन दुबै गोल इभान टोनीले गरे । २७ औँ मिनेटमा गोल गर्दै टोनीले ब्रेन्टफोर्डलाई सुरुवाती अग्रता दिलाएका थिए ।

यस्तै, ६४ औं मिनेटमा टोनीले पेनाल्टीमार्फत गोल गर्दै टिमको जित सुनिश्चित गरे । जितसँगै ब्रेन्टफोर्ड १० खेलबाट १३ अंकसहित तालिकाको आठौँ स्थानमा रहँदा ९ खेल खेलेको ब्राइटन १४ अंकसहित सातौँ स्थानमा छ ।