२३ आश्विन २०८१, बुधबार
,
Latest
दशैंको उल्लास, देशभर कहाँ के भइरहेको छ ? (फोटो फिचर) जग्गा, आवास व्यवस्था पुनरावलोकन गर्न कार्यदल गठन गायिका विष्णु माझीको स्वरमा ‘परदेशी मेरो परदेशी’ बोलको दशैं गीत सार्वजनिक अर्थमन्त्री पौडेलद्वारा उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगका पदाधिकारीलाई नियुक्ति पत्र प्रदान गौशालास्थित धर्मशाला संरक्षण गर्न खोज्दा प्रहरीले अबरोध गरेको भन्दै मेयर बालेनको आक्रोश भक्तपुरमा आज घरघरमा फूलपाती भित्र्याइयो प्रधानमन्त्री ओली र सभापति देउवाद्वारा ‘होलिडे इन रिसोर्ट’ को उद्घाटन टिकाभैरवका सय घरधुरी बाढी पीडितलाई राहत वितरण मोबाइलको लतबाट हटाउन बालबालिकालाई ‘फन पार्क’ फूलपातीदेखि चितवन निकुञ्जभित्र जीप सफारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

चितुवाको छाला सहित २ जना पक्राउ



सांकेतिक तस्बिर
अ+ अ-

पाल्पा । रिब्दीकोट गाउँपालिका-५ कुसुम खोला देउराली भन्ने स्थानबाट ६ फिट ४ ईन्च लम्बाई, २ फिट १ ईन्च चौडाई भएको १ थान चितुवाको छाला सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 
 
पक्राउ पर्नेहरुमा रिब्दीकोट गाउँपालिका-७ बस्ने ४२ वर्षीय बिष्णु बहादुर खत्री र सोही ठाउँ बस्ने ४० वर्षीय रविल मिया रहेका छन् । मुझुङ बतासेबाट तानसेनतर्फ जाँदै गरेको लु।३७ प ४४४ नम्बरको मोटरसाइकललाई लुम्बिनी प्रदेश प्रहरी अनुसन्धान समुह दाङ र प्रहरी चौकी हार्थोकबाट खटिएको संयुक्त प्रहरीले जाँच गर्ने क्रममा उक्त छाला सहित फेला पारी मोटरसाइकलमा सवार उनीहरुलाई पक्राउ गरेको हो । 

उनीहरुलाई थप अनसुन्धानको लागि डिभिजन वन कार्यालय पाल्पामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।