२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

शताब्दी पुरूष जोशीको स्वास्थ्य अवस्था चिन्ताजनक



अ+ अ-

काठमाडौँ । वाङ्मय शताब्दी पुरूष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको छ । किष्ट अस्पतालमा १८ दिनदेखि उपचाररत् एक सय तीन वर्षीय जोशीको स्वास्थ्यमा उल्लेखनीय सुधार नभएको अस्पतालले जनाएको छ ।

अस्पतालले आज विज्ञप्ति जारी गरी जोशीलाई पहिल्यैदेखि पुरानो रोगले ग्रसित पारेको कारणले जतिसुकै औषधि चलाए पनि सुधार नभएको जनाएको छ । लामो समयदेखि प्रोस्टेट तथा मुटुको समस्याबाट पीडित जोशीमा कमजोरी देखिएपछि असोज ७ गते इमर्जेन्सीमा भर्ना गरी उपचार सुरू गरिएको थियो ।

परीक्षण गर्दा डेङ्गु सङ्क्रमण, छातीमा निमोनियाको सङ्क्रमणका साथै मुटुको चालसम्बन्धी समस्या देखिएको र अक्सिजन स्याचुरेसन लेभल कम भएर सघन उपचार कक्षमा सिफ्ट गरी उपचार सेवा दिइँदै आएको अस्पतालले जनाएको छ । रासस