६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

समुदायस्तरमै फैलिन थाल्यो कोरोना संक्रमण



अ+ अ-

काठमाडौं । कोरोना समुदायस्तरमै फैलिन थालेपछि सरकारले जनस्वास्थ्यका मापदण्ड कार्यान्वयन गर्न आमनागरिकलाई अपिल गरेको छ । साउन महिनाको हालसम्म दैनिक कोरोना परीक्षणदर हेर्दा संक्रमित हुनेदर २० देखि २५ प्रतिशतको हाराहारीमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हाल देशभर कोरोना संक्रमणदर उच्च रहेको छ । काठमाडौं उपत्यकासहित देशभरका १९ जिल्लामा ५ सय बढी सक्रिय संक्रमित छन् । जसअन्तर्गत प्रदेश १ को मोरङ, सुनसरी, झापा र बाग्मती प्रदेशको काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, दोलखा, नुवाकोट रहेका छन् ।

यस्तै, गण्डकी प्रदेशको नवलपरासी पूर्व, कास्की, बागलुङ, गोरखा, स्याङजा, तनहुँ लुम्बिनी प्रदेशको रूपन्देही र कर्णाली प्रदेशको सुर्खेतमा ५ सय बढी सक्रिय संक्रमित रहेका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। कृष्ण पौडेलले साउनको हालसम्मको अवस्थालाई हेर्दा प्रत्येक चार जनाको कोरोना परीक्षण गर्दा एक जनामा संक्रमण देखिने गरेको बताए । उनले भने, ‘संक्रमणदर बढ्दो क्रममा रहेको छ । अनिवार्य मास्क प्रयोग, भौतिक दूरी कायम र बेलाबेला मिचीमिची साबुनपानीले हात धुनुपर्छ । संक्रमितको संख्या घटाउन मापदण्ड पालनामा हेलचेक्र्याइँ गर्नुहुँदैन ।’

निषेधाज्ञा खुला गर्दा र जनस्वास्थ्यका मापदण्ड पालना नगर्दा संक्रमणदर बढ्ने स्वास्थ्य मन्त्रालयको प्रक्षेपण छ । सरकारले आगामी मंसिरसम्म १ लाख ९३ हजार ८ सय ५६ नयाँ संक्रमित थपिने प्रक्षेपण गरेको छ । यो समाचार राजधानी दैनिकमा छ ।