२८ भाद्र २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिची पनि पापा पनि खोज्न मिल्छ ? : भट्टराई



अ+ अ-

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई मध्यरातमा एमाले अध्यक्ष केपी शर्मा ओली र उनका नेता कार्यकर्ताविरुद्ध खनिएका छन् । 

उनले एक ट्वीट गर्दै संसदबाट प्रधानमन्त्री चुन्ने प्रणालीमा संसदीय अंक गणित फेरिँदा प्रधानमन्त्री फेरिनु स्वभाविक हैन र भन्दै प्रश्न समेत गरेका छन् । 

उनले भनेका छन्,'ओली र ओलीभक्तहरूले सबैतिर जनादेश विरूद्ध परमादेशको रटान गरेको सुनियो । संसदबाट प्रधानमन्त्री चुन्ने प्रणालीमा संसदीय अंक गणित फेरिँदा प्रम फेरिनु स्वाभाविक हैन ररुत्यसो भए प्रत्यक्ष निर्वाचित राष्ट्रपति वा प्रम प्रणालीमा जाउँ न त ! त्यो चाहिं नमान्ने रे ! चिची पनि पापा पनि खोज्न मिल्छ ?'