३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले २० युनिटसम्मको विद्युत् सित्तैमा दिँदै



अ+ अ-

काठमाडौं । गरिब परिवारको उत्थान र कृषि क्षेत्रको उत्पादकत्व बढाउने उद्देश्यले सरकारले न्यूनतम घरायसी खपत निःशुल्क र सिँचाइ प्रयोजनमा प्रयोग हुने विद्युत् खपतमा निकै छुट दिने भएको छ ।

 ऊर्जा,  जलस्रोत  तथा  सिँचाइमन्त्री  पम्फा  भुसालले  बुधबार  मन्त्रालयमा  पत्रकार  सम्मेलन  गरेर  यस्तो  जानकारी दिएकी हुन् । ऊर्जा  क्षेत्र  न्यूनतम  मानवीय  आवश्यकता  पूर्ति  र  अर्थतन्त्रको  उत्थानका  आधारका  रूपमा  रहेको महसुस गर्दै आफू मन्त्रालय आएलगत्तै यस्तो कार्ययोजनामा  लागेको  मन्त्री  भुसालले  जानकारी  दिइन् ।

उनका  अनुसार  गरिबीको  रेखामुनि  रहेका जनतालाई सम्बोधन गर्नेगरी उनीहरूले खपत गर्ने २० युनिटसम्मको विद्युत् महसुल निःशुल्क गर्न लागिएको छ । मन्त्री भुसालका अनुसार यसमा सेवा शुल्क भने तिर्नुपर्ने हुन्छ । यो छुटबाट नेपाल विद्युत् प्राधिकरणलाई करिब ७५ करोड रुपियाँ वार्षिक आर्थिक नोक्सानी हुने  तर  सो  नोक्सानीलाई  प्राधिकरणले  सामाजिक  उत्तरदायित्वका रूपमा आफैँले वहन गर्ने समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।