८ भाद्र २०८३, सोमबार
,
Latest
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै स्वर्णिम जयन्ती मनाउँदै आजदेखि भृकुटीमण्डपमा सुरु हुँदैछ ‘नाडा अटाे साे २०२६’, यस्ताे छ मेलाकाे इतिहास ‘मानवबस्ती जोखिममा पार्ने गरी हात्तीको जैविक मार्ग बनाउन नहुने’ लुम्बिनीमा मन्त्रिपरिषद् पुनःगठनको सिफारिस सङ्घीयता सफल बनाउन प्रदेश र स्थानीय तहबीचको सहकार्यमा जोड गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, सत्र जना घाइते युरोपमा तापक्रम वृद्धिले लगातार रेकर्ड तोड्दै दक्षिण कोरियामा आगामी महिना गर्ने भनिएको संयुक्त समुद्री अभ्यास रद्द बागमती प्रदेशसभा बैठक भोलि चालिस दिनपछि तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले २० युनिटसम्मको विद्युत् सित्तैमा दिँदै



अ+ अ-

काठमाडौं । गरिब परिवारको उत्थान र कृषि क्षेत्रको उत्पादकत्व बढाउने उद्देश्यले सरकारले न्यूनतम घरायसी खपत निःशुल्क र सिँचाइ प्रयोजनमा प्रयोग हुने विद्युत् खपतमा निकै छुट दिने भएको छ ।

 ऊर्जा,  जलस्रोत  तथा  सिँचाइमन्त्री  पम्फा  भुसालले  बुधबार  मन्त्रालयमा  पत्रकार  सम्मेलन  गरेर  यस्तो  जानकारी दिएकी हुन् । ऊर्जा  क्षेत्र  न्यूनतम  मानवीय  आवश्यकता  पूर्ति  र  अर्थतन्त्रको  उत्थानका  आधारका  रूपमा  रहेको महसुस गर्दै आफू मन्त्रालय आएलगत्तै यस्तो कार्ययोजनामा  लागेको  मन्त्री  भुसालले  जानकारी  दिइन् ।

उनका  अनुसार  गरिबीको  रेखामुनि  रहेका जनतालाई सम्बोधन गर्नेगरी उनीहरूले खपत गर्ने २० युनिटसम्मको विद्युत् महसुल निःशुल्क गर्न लागिएको छ । मन्त्री भुसालका अनुसार यसमा सेवा शुल्क भने तिर्नुपर्ने हुन्छ । यो छुटबाट नेपाल विद्युत् प्राधिकरणलाई करिब ७५ करोड रुपियाँ वार्षिक आर्थिक नोक्सानी हुने  तर  सो  नोक्सानीलाई  प्राधिकरणले  सामाजिक  उत्तरदायित्वका रूपमा आफैँले वहन गर्ने समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।