• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री लामिछानेद्वारा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको अवलोकन ★   चितवनमा हुरीका कारण केराखेतीमा रु १२ करोडको क्षति ★   नेपालमा ब्रिटिस लगानीका लागि महासङ्घको अनुरोध ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ ★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत

‘जन्मभूमिमा देखिएका गलत प्रवृत्तिको अन्त्य गर्न उम्मेदवारी दिएको हुँ’- रेखा थापा(भिडीयोसहित)



मोरङ । राष्ट्रिय प्रजातन्त्र पार्टीको मोरङ क्षेत्र नम्बर ३ प्रतिनिधिसभाकी उम्मेदवार अभिनेतृ रेखा थापाले आफू जन्मेको ठाउँमा देखिएको गलत प्रवृत्तिको अन्त्य गर्न प्रत्यक्षतर्फको निर्वाचनमा होमिनु परेको बताउनु भएको छ ।

बिहीबार सुन्दरहरैँचा वडा नम्बर ११ का मतदातासँगको भेटमा उहाँले समानुपातिकबाट सजिलै सांसद बन्ने अवस्था भएपनि आफू जन्मेको निर्वाचन क्षेत्रमा देखिएका गलत प्रवृत्तिको अन्त्य गर्न आफूले प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ उम्मेदवारी दिएको बताउनु भएको हो ।

अभिनेतृ थापाले मोरङ क्षेत्र नम्बर ३ का सबै घरपरिवार आफन्त भएको उल्लेख गर्दै उनीहरुसँग छलफल गरेर यस क्षेत्रको समस्या गर्न आफू लागिपर्ने प्रतिवद्धता समेत व्यक्त गर्नु भयो । उहाँले भन्नु भयो, ‘मेरो दायित्व यहाँका माटोसँग छ, यो क्षेत्रसँग छ । समानुपातिक भन्ने छँदै थियो । म यसरी भेला नभईकन पनि तपाईहरुसँग नभेटीकन पनि माननीय बन्ने मेरो उद्देश्य थियो भने म त्यहीँ बसेर माननीय बन्थे ।’

‘मलाई तपाईहरुसँग भेट्नु थियो । तपाईहरुसँग मलाई कुरा गर्नु थियो । मलाई यो क्षेत्रको माटो र यो क्षेत्रका हरेक घर परिवार मेरा आफन्त हुन । मैले यहाँको रक्षा गर्नुपर्छ । र, गलत प्रवृत्तिको अन्त्य गर्नुपर्छ भनेर म यहाँ आएको हुँ । मलाई जनप्रतिनिधि हुनलाई, मलाई माननीय हुनलाई ठूलो कुरा थिएन । म त्यहीँ (काठमाडौं) बसेर पनि हुन्थे । तर म त्यहाँ बसिरहँदा त्यसरी माननीय बनिरहँदा मसँग तपाईहरुको भेट यसरी हुने थिएन । यहाँको समस्या मैले थाहा पाउने थिइन ।’

अभिनेतृ थापाले महिलाहरु नेतृत्वमा पुगे मुलुकको भ्रष्टाचार आफंै समाप्त हुने दावी समेत गर्नु भयो । घर चलाउन सक्षम महिलाहरु मुलुक चलाउन पनि सक्षम रहेको उहाँको भनाई थियो । कार्यक्रममा उपस्थित भएका स्थानीय केही युवाहरुले भने स्थानीय समस्या समाधानका लागि अभिनेतृ थापालाई मत दिने बताएका थिए ।