२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित
तपाईं के खोज्दै हुनुहुन्छ ?

जसपाका चार मन्त्री पदमुक्त



फाईल फोटो
अ+ अ-

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टीका चार मन्त्रीलाई पदमुक्त गर्नुभएको छ । प्रधानमन्त्री देउवाले नेपालको संविधानको धारा ७७ को उपधारा (२) को खण्ड (ख) बमोजिम सङ्घीय मामिला तथा सामान्य प्रशासन, कृषि तथा पशुपक्षी, भौतिक पूर्वाधार तथा यातायात र वन तथा वातावरण मन्त्रीलाई पदमुक्त गर्नुभएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीको सिफारिसमा उहाँहरुले सम्हाली आउनुभएको मन्त्रालयको कार्यभार प्रधानमन्त्री देउवाले सम्हाल्ने गरी तोक्नु भएको राष्ट्रपति कार्यालयले जनाएको छ । वर्तमान मन्त्रिपरिषद् २०७८ असार २९ गते गठन भई विभिन्न मितिमा हेरफेर तथा कार्यविभाजन भएको थियो ।

मौजुदा मन्त्रिपरिषद्मा सामान्य प्रशासनमन्त्रीमा राजेन्द्रप्रसाद श्रेष्ठ, कृषिमन्त्री मृगेन्द्रकुमार सिंह यादव, भौतिक पूर्वाधार मन्त्रीमा मोहम्मद इश्तियाक राई र वन तथा वातावरण मन्त्रीमा प्रदीप यादव हुनुहुन्थ्यो । यस्तै राष्ट्रपतिले कानून न्याय तथा संसदीय मामिला मन्त्रालयको कार्यभार सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सम्हाल्ने गरी तोक्नु भएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।रासस