४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते

केन्द्रिय सहकारी महासंघको आन्दोलन (भिडियोसहित)

केन्द्रिय सहकारी महासंघको आन्दोलन (भिडियोसहित)
अ+ अ-

काठमाडौं । ब्याजदर बढाउनु पर्ने माग राख्दै सहकारी सञ्चालकहरुले आन्दोलन गरेका छन ।  मंगलबार सहकारी विभाग अगाडि बचत तथा ऋण केन्द्रिय सहकारी महासंघसँग आवद्ध सहकारी सञ्चालकहरुले बैंक तथा वित्तीय संस्थाहरु जस्तै ब्याजदर बढाउन पाउनुपर्ने माग गदै आन्दोलन गरेका हुन ।

ब्याजदर निर्धारण समितिको बैठकमा ब्याजदर बढाउन दबाब स्वरुप सहकारी विभागलाई ध्यानाकर्षण गराउनको लागि आन्दोलन गरिएको बचत तथा ऋण केन्द्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले बताउनु भयो । उहाँले पछिल्लो समय सहकारीहरुमा समेत चरम तरलता अभाव भएकाले तरलता सहज बनाउनको लागि ब्याजदर बढाउन पाउनु पर्ने महासंघको माग रहेको स्पष्ट पार्नु भयो ।

कर्मसियल बैंकहरुले अस्वभाविक रुपमा ब्याजदर वृद्धि गर्नाले सहकारीहरुमा असर परेको ढकालले बताउनु भयो । उहाँले बैंकहरुको ब्याजदर घटाउनु प¥यो कित विगतमा जस्तै सहकारी आफैलाई स्वविवेकले चल्न दिनु पर्ने जिकिर गर्नु भयो । वरिष्ठ उपाध्यक्ष ढकालले बैंकहरुका आफ्ना सदस्य छैनन् तर सहकारीका आफ्नै सदस्य रहेको बताउनु भयो । उहाँले सरकारले विगतमा जस्तै सहकारीलाई स्वतन्त्र रुपमा चल्ने वातावरण दिने र अर्थतन्त्रको तेस्रो पिल्लरलाई सम्मान गर्नु पर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘ब्याजदरको विषयमा एक किसिमले सम्बन्धित निकायको ध्यानाकर्षण गराउने गरी बचत तथा ऋण सहकारी संघका साथीहरु उपस्थित भएका छौँ । पछिल्लो पटक वित्तीय तरलता सहकारीमा पनि प्रचुरमा देखियो । यति ठूलो कोरोना महामारी, भुकम्प देख्नु भयो यस्तो बेलामा सहकारी संस्थाहरुले आफ्ना सदस्यहरुको सेवाको लागि काम गरिहेको परिस्थितिमा जुन विषय सहकारीसँग सम्बन्धित छदै छैन । त्यसलाई अस्वाभाविक प्रक्रियाले सहकारी भित्र पनि तरलता देखियो । जसको प्रत्येक्ष प्रभाव कर्मसियल बैंकहरुसँगको अस्वभाविक ब्याजदर वृद्धि गर्न जो–जो सहभागि हुनुहुन्छ । उहाँहरु दोषी हो भन्ने लाग्छ ।

त्यसका लागि बैंकहरुको ब्याजदर घटाउनु पर्यो । हिजोकोे जसरी सहकारी संस्थाहरुलाई आफ्नो स्वविवेकले आफ्ना संस्थालाई आफैले सुशासनमा राखेर सेवा दिन व्यवस्था दिनुप¥यो । होइन भने एउटा वित्तीय संस्था जो कर्मसियल बैंकहरु भन्छौंँ । जो आफ्ना ग्राहकसँग काम गर्दछन आफ्ना सदस्य पनि होइनन् । जसको मुनाफा शेयर होल्डसँग प्रत्येक्ष प्रभाव परेको हुन्छ । जबकी हामी सहकारी संस्थाहरु जो सदस्य केन्द्रित काम गछौँ । हाम्रो स्वर्स भनेका सदस्य हुन । सदस्य मार्फत संकलन भएको पुँजी बैंकहरुले आफ्नो अनकुता अनुसार ब्याज वृद्धि गर्न पाउने बैंकर्स एशोसिएशन मार्फत समेटिने तर हामी संविधानले अर्थतन्त्रको तेस्रो पिल्लर भनेर राखेको सहकारी क्षेत्र अरुको घेराबन्दीमा पर्नुपर्ने ।

अरुको कारणले यस्तो प्रेसरको काममा उत्रन बाध्य हुनु पर्ने अवस्था फेरी पनि नदोहोरीउन । सरकारले अथवा सम्बन्धित निकायको ध्यानाकर्षण गराउने गरी उपस्थित भएका छौँ । आज १ बजे ब्याजदरको समितिको बैंठक बस्दै छ । विगतमा जस्तै सहकारीलाई स्वतन्त्र रुपमा चल्ने वातावरण दिने र अर्थतन्त्रको तस्रो पिल्लरलाई सम्मान र प्रमाणित गर्ने गरी साथीहरुको एकतावद्ध सहितको ध्यानाकर्षण हो । हामीले हाम्रो सदस्यबाट बचत संकलन गरेर सदस्यको लागि काम गरेका छौँ । त्यसमा हाम्रो माग पुरा हुन्न भन्ने कुरा हुन्छ र जसले गरेको हो त्यसको निकास दिनुप¥यो । सहकारीको क्षेत्रमा झण्डै ८० हजार यो क्षेत्रमा काम गर्ने प्रत्यक्ष रोजगारीका साथीहरु छन । सहकारीका प्रत्यक्ष १० लाख सदस्य रहेका छन। समग्र गरेर ६६ लाख सहभागिता रहेको क्षेत्र छ । उहाँको माग सम्बोधन नगरेर नागरिकका नियमित कुरालाई पनि अपमान गर्ने काम गर्नु जाहेज हुँदैन ।’

वरिष्ठ उपाध्यक्ष ढकालले सहकारीहरुले आफ्ना सदस्यहरुबाट बचत संकलन गरेर १० लाख सदस्यहरुलाई सेवा दिइरहेको बताउनु भयो । उहाँले सहकारीको क्षेत्रमा प्रत्यक्ष रुपमा ८० हजार बढीलाई रोजगारी दिइरहेकाले महासंघको माग तत्काल सम्बोधन हुनु पर्ने बताउनु भयो ।