• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   ओलीसँगको भेटबारे देउवाको ब्रिफिङ: हाम्रो सम्बन्ध सकारात्मक र सुमधुर छ ★   रोहितको सन्याससँगै को बन्ला भारतको नयाँ टी–२० कप्तान ? ★   प्रधानमन्त्री र मन्त्रीहरु फेर्नका लागि मात्रै दुई प्रमुख दल मिल्ने कुरा संर्किण: काँग्रेस सांसद ★   सत्ता समिकरण फेरबदलको चर्चाबारे गृहमन्त्री– हल्ला मात्रै हो, मलाई थाहा छैन ★   किसानलाई आत्मनिर्भर बनाउन पाँच हजार बिरुवा वितरण ★   म्याग्दीका किसान टिम्मुर खेतीतर्फ आकर्षित ★   न्यायिक प्रणालीको विकास, समयको आवश्यकता र औचित्यताका आधारमा बजेट वितरण भएको छ: अर्थमन्त्री पुन ★   पशुपति क्षेत्र विकास कोष कार्यकारी निर्देशकमा जोशी ★   प्रभु बैँक लि.र होटल हिमालय बिच विशेष छुट सम्झौता ★   कांग्रेस पदाधिकारी बैठक जारी

चलचित्र ‘हिजो आजका कुरा’को प्रिमियर शोमा कसले के भने ?(भिडीयोसहित)



काठमाडौँ । नेपाली चलचित्र हिजो आजका कुराको प्रिमियर शो भएको छ ।

बुधवार एक कार्यक्रमबीच काठमाडौंमा चलचित्रको प्रिमियर शो गरिएको हो । प्रिमियर शोमा विभिन्न कलाकारहरुको उपस्थिति थियो । प्रिमियर शोपछि बोल्दै वरिष्ठ कलाकार किरण केसीले हिजो आजका कुरा दिमागबाट निस्किएको उपज भएको बताउनु भयो । उहाँले चलचित्रको विषयवस्तु सशक्त लागेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हिजो आजका कुरा दिमागबाट निस्किएको उपज हो । सारा परिवारलाई लिएर सानो प्वाइन्टमा दर्शकहरुको मनमा बस्न सफल छ । यो फिल्म शतप्रतिशत राम्रो छ । मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको बाहेक नखेल्ने घमण्डका कारण मैले खेलिन हिजो आजका कुरा । विषयवस्तु सशक्त लाग्यो । विदेशमा बसेका छोराबुहारीरुहको विषयवस्तु उठाइएको छ ।’

त्यस्तै अभिनेत्री केकी अधिकारीले चलचित्र कस्तो छ भन्ने कौतुहलता रहेपनि प्रिमियर शोपछि राम्रो लागेको बताउनु भयो । उहाँले इतिहास सरहको चलचित्रमा सानो रोल गर्न पाउँदा आफूलाई खुशी लागेको बताउनु भयो । त्यस्तै कलाकार जितु नेपालले फिल्मले अहिलेको कथावस्तुलाई पर्दामा उतारेको भन्दै प्रशंसा गर्नुभयो ।

अभिनेता दीपकराज गिरीले हिजो आजका कुराबाट नै रंगकर्मी बन्ने अवसर पाएको भन्दै हिजो आजका कुरा फिल्म बनेर आउँदा खुशी लागेको बताउनु भयो । त्यस्तै कलाकार केदार घिमिरेले चलचित्रले समसामयिक कुरा उठाएको भन्दै प्रशंसा गर्नुभयो । त्यस्तै अभिनेत्री दीपाश्री निरौलाले फिल्म एकदमै राम्रो बनेको र सबै चलचित्र हेर्न जाने दर्शकले आनन्द लिएर फर्किनेमा विश्वस्त रहेको बताउनु भयो । त्यस्तै वरिष्ठ कलाकार सन्तोष पन्तले चलचित्र कस्तो छ भन्ने कुराअब दर्शकहरुले भन्ने बेला आएको बताउनु भयो ।

त्यस्तै निर्देशक साकार पन्तले हिजो आजका कुराले दर्शकलाई निराश नबनाउने दाबी गर्नुभयो । अभिनेत्री ऋचा शर्माले सिनेमा बनाएपछि चल्छ भन्ने आश सबैलाई हुने भएपनि यो सिनेमा एउटा इतिहास भएको बताउनु भयो ।

नेपाली फिल्म हिजो आजका कुरा शुक्रवार (भोलि) बाट देशभर प्रदर्शनमा आउँदैछ । पन्त फिल्म प्रोडक्शनको प्रश्तुति रहेको फिल्ममा सन्तोष पन्त, रमा थपलिया, केकी अधिकारी, ऋचा शर्मा, रिमा विश्वकर्मा, दिव्यदेव पन्त, साकार पन्त, जेविका कार्की, स्वर्गीय जयनन्द लामा लगायतको अभिनय छ ।

रवि सायमीको छायांकन रहेको फिल्मलाई विनय कंसाकारले सम्पादन गरेका छन् । झन्डै डेढ दशक नेपाल टेलिभिजनमा निरन्तर प्रशारण भएको ‘हिजो आजका कुरा’ लोकप्रिय टेलिसिरियलमा गनिन्छ । सोही नाम सापटी लिएर अहिले फिल्म निर्माण भएको हो ।