• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo
Latest
★   प्रतिनिधि सभाको बैठक आइतबारसम्मका लागि स्थगित ★   गृहमन्त्रीको विरोधमा संसद् भवन अगाडि नेविसंघको प्रदर्शन, ११ जना पक्राउ– तस्बिरहरु ★   संसदमा काँग्रेसले असभ्य व्यवहार देखायोः ओली ★   युरो कपका लागि जर्मनीको टोली घोषणा ★   डर्टबाइक रेसिङको उत्कृष्ट प्रदर्शनीमा टिकटिङ आइएमई पेबाट ★   राजनीतिक दल सम्बन्धी विधेयक फिर्ता लिने सरकारको निर्णय ★   काँग्रेसको अवरोधपछि जेठ ६ गतेसम्मका लागि राष्ट्रियसभाको बैठक स्थगित ★   उपप्रधानमन्त्री लामिछानेलाई संसदमा बोल्न दिनुपर्नेमा राप्रपाको जोड ★   हात्ती धपाउन अत्याधुनिक ‘ड्रोन’को प्रयोग ★   सन्दीपलाई मेरिना इम्पेक्सको सुट

बागीलाई कांग्रेसले भन्यो: ३१ असोजसम्म उम्मेदवार निष्क्रिय बनाए कारबाही फुकुवा हुन्छ



Nepali Congress

काठमाडौं । नेपाली कांग्रेसले सत्तारुढ गठबन्धनका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएकाहरुलाई ३१ असोजसम्म उम्मेदवारी निष्क्रिय पार्न आग्रह गरेको छ ।

कांग्रेसले बुधबार विज्ञप्ति जारी गरी प्रतिनिधिसभा र प्रदेशसभामा सत्ता गठबन्धनविरुद्ध बागी उम्मेदवार बन्नेलाई ५ वर्षका लागि पार्टीबाट निष्कासन गरेको बताएको थियो । बिहीबार जारी विज्ञप्ति मार्फत मुख्यसचिव कृष्णप्रसाद पौडेलले ३१ असोजसम्म उम्मेदवारी निष्क्रिय बनाएमा कारबाही फुकुवा हुने जानकारी दिएका छन् ।

बिहीबार जारी विज्ञप्तिमा भनिएको छ, ‘तोकिएको मिति र समयभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएका त्यस्ता विद्रोही उम्मेदवारले पार्टीका आधिकारिक उम्मेदवार एवं गठबन्धन दलका आधिकारिक उम्मेदवारलाई विजयी बनाउन पूर्ण रुपमा सक्रिय रहने प्रतिवद्धता सहित २०७९ असोज ३१ गतेभित्र सार्वजनिक रुपमा वक्तव्य प्रकाशित गरी आफ्नो उम्मेदवारी निष्क्रिय गराएमा त्यस्ता विद्रोही उम्मेदवार तथा तिनका प्रस्तावक र समर्थक उपरको कारवाही पार्टी केन्द्रले आवश्यक प्रक्रिया पु¥याइ फुकुवा गर्ने व्यहोरा सम्बन्धित सबैलाई निर्देशानुसार जानकारी गराइन्छ ।’