२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

सत्यमोहन जोशीको स्वास्थ्यमा सुधार



अ+ अ-

काठमाडौं । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्यमा सुधार आएको छ । किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचाररत रहनुभएका जोशीको स्वास्थ्यमा केही सुधार भएको अस्पतालका निर्देशक प्रा डा सुरज बज्राचार्यले जारी गर्नुभएको बुलेटिनमा जनाइएको छ ।

उहाँका अनुसार जोशीले सामान्य दोहोरो कुरा गर्न अवस्थामा हुनुभएको छ । “उहाँ सामान्य दोहोरो कुरा गर्नसक्ने अवस्थामा हुनु भएको र कमजोरी कायमै रहँदा उहाँलाई डिलक्स क्याविनमा सिफ्ट गरी सधन उपचार कक्ष ९आइसियु० सरहकै सुक्ष्म निगरानीमा नर्सिग तथा मल्टीडिसिप्लिनरी केयरसहित उपचार गरिएको छ”, बुलेटिनमा भनिएको छ ।

जोशीको पछिल्लो समयमा देखिएको निमोनियाको सङ्क्रमणका साथै मुटुको चालसम्बन्धी समस्याको उपचारसमेत जारी राखिएको छ । खकार परीक्षण गर्दा एन्टिबायोटिक्स् कोर्स निरन्तर दिइनुपर्ने देखिएको अस्पतालले जारी गरेको बुलेटिनमा उल्लेख गरिएको छ । स्वास्थ्यमा समस्या आएपछि १९ दिनदेखि उहाँको अस्पतालमा राखेर उपचार गरिएको छ । रासस