२८ भाद्र २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनिवार्य मास्क अभियान, फोटोले गिज्याउँदै अभियान्ताहरुलाई



अ+ अ-

काठमाडौ ।  पछिल्लो समय कोभिड–१९ (कोरोना भाइरस) संक्रमण बढ्दै गएपछि सरकारले अनिवार्य मास्क अभियान सञ्चालन गरेको छ ।  अभियान पछि सरकारी सयन्त्र , नागरिक समाज , बिभिन्न सामाजिक संघ संस्था र राजनीतिक दलहरुले माक्स अभियान चलाईरहेका छन् ।

तर अर्ति उपदेश अरुलाई दिने कुरा हो भने जस्तै रुपन्देहीमा नेपाली काग्रेसले माक्स अभियान संञ्चालन गरेको एउटा फोटो सामाजिक सञ्जालमा निकै चर्चा भै रहेको छ । माक्स बाड्न हिडेकाहरु २० जना मध्ये ६ जनाले मात्र माक्स लगाएका छन् । कसैले चिउडोमा माक्स  लगाएका छन् भने कसैले हातमा लिएका छन् ।

 सायद माक्स बितरण गर्ने ब्यानर बोकेपछि कोरोना भाग्छ कि ? सरकारले मास्क लगाउन अटेरी गर्नेलाई संक्रमण ऐन २०२० बमोजिम कारबाही गरिने जनाएको थियो ।