७ पुष २०८२, सोमबार
,
Latest
‘चियाको चुस्कीभन्दा चुनावी गफ मिठा’ सामुदायिक वनका उपभोक्ताहरुलाई आगो निभाउने सामग्री सबै मिलेर अगाडि बढे कसैले शान्ति बिथोल्न सक्दैन, समयमै निर्वाचन हुन्छः प्रधानमन्त्री कार्की यु–१९ गल्र्स बास्केटबल लिग उपाधि विजेता भ्याली पब्लिक टोली ‘मिरमिरे’को टाइटल सङमा दयाहाङ, प्रकाश र सिर्जनाबीचको त्रिकोणात्मक प्रेम पर्यटकीय गन्तव्य बन्दै ‘राइनासकोट’ निर्वाचनका लागि आयोग पूर्ण रूपमा तयार छः कार्यवाहक प्रमुख आयुक्त भण्डारी बुटवल–गोरुसिङ्गे सडक आयोजनाः नदीजन्य सामग्री अभावले काम प्रभावित बालेनले दिए मानव अधिकार आयोगमा बयान नेकपा एमाले निर्वाचनमा सहभागी हुन्छः सचिव राई
तपाईं के खोज्दै हुनुहुन्छ ?

दीपावलीको स्वागतमा लागे वृद्धवृद्धा



अ+ अ-

काठमाडौं । नेपालीको महान् पर्व दसैँपछिको अर्को चाड तिहार नजिकिँदै गर्दा तारकेश्वर नगरपालिका–७ फुटुङमा पर्ने नवजीवन परोपकार समाज (आश्रम) नजिकै रहेको बाँझो बारीमा वृद्धवृद्धाले रोपेको सयपत्री फूल ढकमक्क फुल्न थालेको छ ।

तिहारलाई लक्षित गरी ‘परनिर्भरता हटाऔँ आत्मनिर्भर बनौँ’ भन्ने अभियानका साथ फूलको बीउ थाइल्याण्डबाट मगाएर राखिएको हो । नवजीवन परोपकार समाजका अध्यक्ष दुर्गानाथ दाहालका अनुसार करिब चार हजार बिरुवा राखिएको छ ।

साढे दुई रोपनी क्षेत्रफलमा लगाइएको फूलबाट करिब रु तीनदेखि चार लाखसम्मको आम्दानी हुने लक्ष्य राखिएको छ । आश्रमका अध्यक्ष दाहाल भन्नुहुन्छ, “फूलबाट हुने आम्दानी आश्रममा रहनुभएका वृद्धवृद्धाका लागि औषधोपचार र अन्य आवश्यकताका लागि खर्चिनेछौँ ।”

आश्रममा कोही आफन्त नभएका, सडकमा अलपत्र परेका र बेसहारा अवस्थाका व्यक्तिलाई उद्धार गरेर राखिएको छ । यहाँ मानिस र सबै प्राणीले बाँच्न पाउनुपर्छ भन्ने उद्देश्यका साथ कुकुर, मयुर, बिरालो, गाई, खसीलगायत विभिन्न प्राणी आश्रममा राखिएको समाजका कोषाध्यक्ष मिरा केसीले बताउनुहुन्छ ।

फूलको बिरुवा राख्ने, गोड्ने, फूल टिप्ने, माला उन्ने जस्ता कामले आफूहरुलाई दिन कटाउने मेलोसमेत भएको धादिङ गल्छी गाउँपालिका–१ फोस्टारबाट उद्धार गरिएकी ८४ वर्षीया अमृतकुमारी अधिकारीले बताउनुभयो । रासस