२३ जेष्ठ २०८३, शनिबार
,
Latest
क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन ‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

दीपावलीको स्वागतमा लागे वृद्धवृद्धा



अ+ अ-

काठमाडौं । नेपालीको महान् पर्व दसैँपछिको अर्को चाड तिहार नजिकिँदै गर्दा तारकेश्वर नगरपालिका–७ फुटुङमा पर्ने नवजीवन परोपकार समाज (आश्रम) नजिकै रहेको बाँझो बारीमा वृद्धवृद्धाले रोपेको सयपत्री फूल ढकमक्क फुल्न थालेको छ ।

तिहारलाई लक्षित गरी ‘परनिर्भरता हटाऔँ आत्मनिर्भर बनौँ’ भन्ने अभियानका साथ फूलको बीउ थाइल्याण्डबाट मगाएर राखिएको हो । नवजीवन परोपकार समाजका अध्यक्ष दुर्गानाथ दाहालका अनुसार करिब चार हजार बिरुवा राखिएको छ ।

साढे दुई रोपनी क्षेत्रफलमा लगाइएको फूलबाट करिब रु तीनदेखि चार लाखसम्मको आम्दानी हुने लक्ष्य राखिएको छ । आश्रमका अध्यक्ष दाहाल भन्नुहुन्छ, “फूलबाट हुने आम्दानी आश्रममा रहनुभएका वृद्धवृद्धाका लागि औषधोपचार र अन्य आवश्यकताका लागि खर्चिनेछौँ ।”

आश्रममा कोही आफन्त नभएका, सडकमा अलपत्र परेका र बेसहारा अवस्थाका व्यक्तिलाई उद्धार गरेर राखिएको छ । यहाँ मानिस र सबै प्राणीले बाँच्न पाउनुपर्छ भन्ने उद्देश्यका साथ कुकुर, मयुर, बिरालो, गाई, खसीलगायत विभिन्न प्राणी आश्रममा राखिएको समाजका कोषाध्यक्ष मिरा केसीले बताउनुहुन्छ ।

फूलको बिरुवा राख्ने, गोड्ने, फूल टिप्ने, माला उन्ने जस्ता कामले आफूहरुलाई दिन कटाउने मेलोसमेत भएको धादिङ गल्छी गाउँपालिका–१ फोस्टारबाट उद्धार गरिएकी ८४ वर्षीया अमृतकुमारी अधिकारीले बताउनुभयो । रासस




भर्खरै