२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्यायाधीश नियुक्ति सुनुवाई बिना गरे संविधानवाद र संवैधानिक नैतिकता समाप्त हुन्छ: बरिष्ठ अधिवक्ता भट्टराई



अ+ अ-

काठमाडौं । नेपाल वार एशोसिएसनका पूर्व उपाध्यक्ष एबं वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले संसदीय सुनुवाई बिना न्यायाधीश नियुक्ति भए संविधानवाद र संवैधानिक नैतिकता समाप्त हुने जनाउनु भएको छ ।

वरिष्ठ अधिवक्ता भट्टराईले त्यस्तो कार्यले संविधानको उल्लङ्घन मात्र नभएर सविधान नै संशोधन नै हुन पुग्ने जनाउनु भयो । उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ – यो पटक पनि सुनुवाई विना नियुक्ती गरिने हो भने संविधानको सुनुवाई सम्बन्धी व्यवस्था सदाका लागि निष्क्रिय हुन जान्छ ।

भट्टराईले लेख्नुभएको छ –

नेपालका लिगल कम्युनिटीको लागि

सर्बोच्च अदालतको रिक्त तीन न्यायाधीशको लागि न्यायपरिषद द्वारा हालै सिफारिस गरिएका तीन जना ब्याक्तीको सम्बन्धमा खासै टिप्पणी र गुनासो नदेखिनु सकारात्मक पक्ष हो । तर निजहरुलाई संसदिय सुनुवाई बिना नै नियुक्ती गरिन लागेको गोप्य तयारी भै रहेको भन्ने सुचनाले गम्भीर बनाएको छ ।

त्यसो भएमा त्यस्तो कार्यले संविधानको उलंघन मात्र नभएर संशोधननै हुन पुग्छ । यो पटक पनि सुनुवाई बिना नियुक्ती गरिने हो भने संविधानको सुनुवाई सम्बन्धि ब्यबस्था सदाका लागि निष्क्रिय हुन जान्छ । त्यति मात्र नभएर संविधानवाद र संबैधानिक नैतिकता समाप्त हुन्छ अनि नियुक्ती लिने र दिने प्रतीको जनताको अभिमत पनि ध्वस्त हुन्छ यसर्थ सम्माननिय रास्ट्रपति , प्रधानमन्त्री , का मु प्रधान न्यायाधिस र नेपाल वार, सर्बोच्चबार अनि सिङै लिगल कम्युनिटी मिलेर यो कदमलाई संविधान बाहिर जान नदिउ। नियुक्ती लिने आदरणिय महानुभावहरु पनि यस्तो नियुक्ती लियर शुरुमै सर्बोच्च अदालत प्रवेश गर्ने इरादा नराखौ ।

न्याय परिषद्को साउन १३ गते बसेको बैठकले सर्वोच्च अदालतका लागि ३ जना न्यायाधीशको नाम सिफारिस गरेको थियो ।

परिषद्को बैठकले तुल्सीपुर उच्च अदालतकी मुख्य न्यायाधीश नीता गौतम दिक्षीत,जनकपुर उच्च अदालतका कायममुकायम मुख्य न्यायाधीश विनोद शर्मा र त्रिभुवन विश्व विद्यालयका सहप्राध्यापक तथा नेपाल ल क्याम्पसका डिन डीएन पराजुलीलाई नियुक्तीको सिफारिस गरेको हो ।