२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्यायाधीश नियुक्ति सुनुवाई बिना गरे संविधानवाद र संवैधानिक नैतिकता समाप्त हुन्छ: बरिष्ठ अधिवक्ता भट्टराई



अ+ अ-

काठमाडौं । नेपाल वार एशोसिएसनका पूर्व उपाध्यक्ष एबं वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले संसदीय सुनुवाई बिना न्यायाधीश नियुक्ति भए संविधानवाद र संवैधानिक नैतिकता समाप्त हुने जनाउनु भएको छ ।

वरिष्ठ अधिवक्ता भट्टराईले त्यस्तो कार्यले संविधानको उल्लङ्घन मात्र नभएर सविधान नै संशोधन नै हुन पुग्ने जनाउनु भयो । उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ – यो पटक पनि सुनुवाई विना नियुक्ती गरिने हो भने संविधानको सुनुवाई सम्बन्धी व्यवस्था सदाका लागि निष्क्रिय हुन जान्छ ।

भट्टराईले लेख्नुभएको छ –

नेपालका लिगल कम्युनिटीको लागि

सर्बोच्च अदालतको रिक्त तीन न्यायाधीशको लागि न्यायपरिषद द्वारा हालै सिफारिस गरिएका तीन जना ब्याक्तीको सम्बन्धमा खासै टिप्पणी र गुनासो नदेखिनु सकारात्मक पक्ष हो । तर निजहरुलाई संसदिय सुनुवाई बिना नै नियुक्ती गरिन लागेको गोप्य तयारी भै रहेको भन्ने सुचनाले गम्भीर बनाएको छ ।

त्यसो भएमा त्यस्तो कार्यले संविधानको उलंघन मात्र नभएर संशोधननै हुन पुग्छ । यो पटक पनि सुनुवाई बिना नियुक्ती गरिने हो भने संविधानको सुनुवाई सम्बन्धि ब्यबस्था सदाका लागि निष्क्रिय हुन जान्छ । त्यति मात्र नभएर संविधानवाद र संबैधानिक नैतिकता समाप्त हुन्छ अनि नियुक्ती लिने र दिने प्रतीको जनताको अभिमत पनि ध्वस्त हुन्छ यसर्थ सम्माननिय रास्ट्रपति , प्रधानमन्त्री , का मु प्रधान न्यायाधिस र नेपाल वार, सर्बोच्चबार अनि सिङै लिगल कम्युनिटी मिलेर यो कदमलाई संविधान बाहिर जान नदिउ। नियुक्ती लिने आदरणिय महानुभावहरु पनि यस्तो नियुक्ती लियर शुरुमै सर्बोच्च अदालत प्रवेश गर्ने इरादा नराखौ ।

न्याय परिषद्को साउन १३ गते बसेको बैठकले सर्वोच्च अदालतका लागि ३ जना न्यायाधीशको नाम सिफारिस गरेको थियो ।

परिषद्को बैठकले तुल्सीपुर उच्च अदालतकी मुख्य न्यायाधीश नीता गौतम दिक्षीत,जनकपुर उच्च अदालतका कायममुकायम मुख्य न्यायाधीश विनोद शर्मा र त्रिभुवन विश्व विद्यालयका सहप्राध्यापक तथा नेपाल ल क्याम्पसका डिन डीएन पराजुलीलाई नियुक्तीको सिफारिस गरेको हो ।