१० असार २०८३, बुधबार
,
Latest
अष्ट्रेलियामा बर्ड फ्लुको तेस्रो केस पुष्टि, जैविक विविधतामा जोखिम बढ्ने चेतावनी रुपन्देहीका स्थानीय तहको बजेटः पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारी प्रवद्र्धनलाई प्राथमिकता ललितपुर महानगरको बजेट सात अर्ब ४८ करोड रास्वपाको महाधिवेशनः नौ मन्त्री केन्द्रीय सदस्यको प्रतिस्पर्धामा भारत–अमेरिका व्यापार सम्झौता नजिक, केही विषयमा सहमति बाँकी आप्रवासन अदालत परिसरमा पक्राउ नगर्न ट्रम्प प्रशासनलाई अदालतको आदेश अमेरिका–इरान समझदारी कार्यान्वयन हुनुपर्छः चीन धौलागिरिको ४८ करोड ५२ लाखको बजेट पारित वीरेन्द्रनगर नगरपालिकाले ल्यायो चार अर्ब ७१ करोडको बजेट चुनाव प्रचारमा भएको फोहर सङ्कलन गर्दै उम्मेदवार
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजेन्द्र महतो पनि उठेको सर्लाही–२ मा सत्ता गठबन्धनका आधिकारिक उम्मेदवार महेन्द्र राय यादव



अ+ अ-

काठमाडौँ । सत्तारूढ गठबन्धनले सर्लाही–२ मा नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादवलाई आफ्ना आधिकारिक उम्मेदवार भएको बताएको छ ।

गठबन्धनका शीर्ष नेताहरूले विज्ञप्ति जारी गर्दै यादव साझा उम्मेदवार भएको जानकारी दिएका हुन् ।

यो क्षेत्रमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का राजेन्द्र महतो पनि उम्मेदवार छन् । लोसपाले मंसिर ४ मा हुने चुनावका लागि सत्ता गठबन्धनसँग तालमेल गरेको छ ।

चुनावी तालमेल गरेका लोसपाका महतो र माओवादी केन्द्रको चुनाव चिन्हबाट चुनाव लडेका यादवमध्ये को गठबन्धनको साझा उम्मेदवार हो भन्ने अन्यौलकाबीच अन्ततः शीर्ष नेताहरूले यादव आधिकारिक उम्मेदवार बताएका हुन् ।