९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस्

बागलुङमा बढ्यो चुनावी सरगर्मी: उम्मेदवारका आ–आफ्नै दाबी

बागलुङमा बढ्यो चुनावी सरगर्मी: उम्मेदवारका आ–आफ्नै दाबी
बागलुङ बजार
अ अ+ अ-

गलकोट । आसन्न प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनका लागि बागलुङमा चुनावी सरगर्मी बढेको छ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि बागलुङमा गठबन्धन र दलका तर्फबाट उम्मेदवारी दर्तासँगै आफ्ना चुनावी एजेन्डा र धारणा सार्वजनिक गर्ने काम सुरु भएको छ ।

बागलुङको दुई प्रतिनिधिसभा र चार प्रदेशसभा क्षेत्रमा हुने निर्वाचनका लागि विभिन्न दल तथा स्वतन्त्र उम्मेदवारहरू गरी ३६ जनाले उम्मेदवारी दर्ता गरेर प्रचारप्रसारमा जुट्न थालेका छन् ।

बागलुङमा राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसीदेखि शिक्षा विज्ञान तथा प्रविधिमन्त्रीसमेत चुनावी मैदानमा उत्रनुभएको छ । बागलुङ क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यका लागि राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसी चुनावी मैदानमा हुनुहुन्छ । उहाँसँग निवर्तमान सङ्घीय सांसद नेकपा एमालेका केन्द्रीय सदस्य डा सूर्य पाठक प्रतिस्पर्धामा उत्रनुभएको छ ।

पाठक विसं २०७४ को निर्वाचनमा तत्कालीन बाम गठबन्धनका तर्फबाट निर्वाचित हुनुभएको हो । यस पटक भने उहाँ सत्तारुढ गठबन्धका उम्मेदवार चित्रबहादुर केसीसँग प्रतिस्पर्धामा हुनुहुन्छ । उहाँले आफू जिल्लाका युवा बर्गको प्रतिनिधि रहेको बताउनुहुन्छ ।

बागलुङ क्षेत्र नं १ प्रतिनिधिसभा सदस्यका उम्मेदवार राष्ट्रिय जनमोर्चाका नेता चित्रबहादुर केसीले प्रतिगमनलाई परास्त गर्न आफू मैदानमा उत्रेको बताउँदै बागलुङको विकासमा आफूले सदैव काम गरिरहेको बताउनुभयो ।

उहाँले २०५९ सालअघि आफू कांग्रेसकै कडा विरोधी भएको बताउँदै अहिलेको प्रतिगमनलाई सधँैका लागि सिध्याउन पाँच दलीय गठबन्धमा आएको बताउनुभयो ।

मङ्गलबार गठबन्धबाट उम्मेदवार बनेका चित्रबहादुर केसीसहित बागलुङ क्षेत्र नं १ प्रदेशसभा (क) का उम्मेदवार दीपेन्द्रबहादुर थापा र बागलुङ क्षेत्र नं १ प्रदेशसभा (ख) का उम्मेदवार युवानेता डिल्लीराम सुवेदीले पत्रकार सम्मेलनमार्फत आफ्ना चुनावी एजेन्डा सार्वजनिक गरेका थिए ।

बागलुङ क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यमा एमालेका तर्फबाट डा सूर्य पाठक, बागलुङ क्षेत्र नं १ प्रदेशसभा (क) का उम्मेदवार हिराबहादुर केसी र बागलुङ क्षेत्र नं १ प्रदेशसभा (ख) का उम्मेदवार नवराज पौडेल चुनावी मैदानमा उत्रनुभएको छ ।

उता बागलुङ क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यका लागि गठबन्धनबाट वर्तमान शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र नेकपा एमालेबाट मञ्जु क्षेत्री चुनावी मैदानमा उत्रनुभएको छ ।

शिक्षामन्त्री पौडेलले विसं २०७४ को निर्वाचनमा बाम गठबन्धबाट विजयी हुनुभएको थियो । उहाँले आफूले शिक्षामन्त्री हुँदा शिक्षामा धेरै सुधार गरेको र यस पटकसमेत आफूले निर्वाचन जित्नेमा ढुक्क रहेको बताउनुभयो ।

मनोनयन दर्तापछि क्षेत्र नं २ का विभिन्न स्थानमा आयोजना गरेको चुनावी कार्यक्रममा शिक्षामन्त्री पौडेलले शिक्षा क्षेत्रमा आफूले गरेका उल्लेख्य कामका आधारमा जनताले यसपकटसमेत आफूलाई मतदान गर्ने बताउनुभयो ।

यस्तै माओवादी केन्द्र परित्याग गरी नेकपा एमालेको समर्थनमा प्रकाश घर्तीले बागलुङ क्षेत्र नं २ प्रदेश सभा (क) मा उम्मेदवारी दर्ता गरेपछि बागलुङ पश्चिमको चुनावसमेत चर्चामा छ । घर्तीको प्रतिस्पर्धामा नेपाली कांग्रेसका जिल्ला सभापति जीत शेरचनले उम्मेदवारी दिनुभएको छ ।

बागलुङ क्षेत्र नं २ प्रदेशसभा (ख)का जित शेरचनलाई बागलुङ क्षेत्र नं २ प्रदेशसभा (क) मा उम्मेदवार बनाइएको छ । बागलुङ क्षेत्र नं २ प्रदेशसभा (ख)मा नेपाली कांग्रेसका युवानेता द्रोण कुँवर र नेकपा एमालेका युवानेता लक्ष्मण पुनबीच प्रतिस्पर्धा हुँदैछ ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी तथा विभिन्न साना दल तथा स्वतन्त्र उम्मेदवारहरूसमेत चुनावी माहोल बनाउन व्यस्त देखिन्छन् ।